Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dhalkiyo Jawani
Rachana Rimal, Rajesh Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बैँस गयो ढल्कियो जवानी, ढल्कियो जवानी
मन मान्दैन, मन मान्दैन उस्तै छ बैमानी
गयो उमेर, गयो उमेर फेरि फर्की आउँछ आउन्न बैँस घुमेर
फेरि फर्की आउँछ आउन्न बैँस घुमेर
मेरो मनले तिम्लाई मन पराउने, तिम्लाई मन पराउने
कल्पनामै, कल्पनामै म सधैँ हराउने
गन्ती नगर, गन्ती नगर यही उमेरमा आको छ लौ बैँस घुमेर
यही उमेरमा आको छ लौ बैँस घुमेर
जुनी जुनि साथ सँगै भएको देख्छु सपनी
तिम्रै यादमा टोलाइरहेकी हुन्छु मै पनि
जुनी जुनि साथ सँगै भएको देख्छु सपनी
तिम्रै यादमा टोलाइरहेको हुन्छु मै पनि
के गर्न होला मैले तिम्रो साथ पाउँन
तिम्रै माया मुटुभरि अरु केही थाहै हुन्न
दिलैमा घर बसाउँन, यो जुनी सँगै काटौँन
गयो उमेर फेरि फर्की आउँछ आउन्न बैँस घुमेर
गन्ती नगर यही उमेरमा आको छ लौ बैँस घुमेर
यही उमेरमा आको छ लौ बैँस घुमेर
उम्किन दिन्न कतै पार्छु तिम्लाई माया जालैमा
तिम्रो घर कुरा मिलाई बिहे गर्छु यसै सालैमा
उम्किन दिन्न कतै पार्छु तिम्लाई माया जालैमा
तिम्रो घर कुरा मिलाई बिहे गर्छु यसै सालैमा
आजसम्म फर्खि बसे तिम्रै भर परेर
लगीहाल आफ्नो बनाई सिदुरैले भरेर
डोली जन्ती लिएर, नौमती बाजा बोकेर
गयो उमेर फेरि फर्की आउँछ आउन्न बैँस घुमेर
गन्ती नगर यही उमेरमा आको छ लौ बैँस घुमेर
यही उमेरमा आको छ लौ बैँस घुमेर, बैँस घुमेर