Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hamro Din
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यी आकाशतिर हेर निला-निला छन्, तर कालो बादलले भने ढाकेछ
चराहरू उड्छन् रूखैबाट ती पङ्खहरू फरफराउँदै
सूर्यको किरणसँगै उठी सागर-समुन्द्रमाझ दिन बिताउँदा
साँझ पानी पर्दा तिमी नाचेको हेर्दा कति रमाइलो
म खोज्छु बुझ्न समय हाम्रो, मलाई नै सबै भए कति राम्रो
बदलियो जवाना, फेरिदियो मेरो दिन
खोलाहरू बग्छन् आफ्नै तालैमा, बगायो घर कसैको बितेको सालैमा
तर देख्दिन अरू केही, बाहेक हराएको हाम्रो यो संस्कृति
हिँडेँ म आज भौतारिँदै भोलिको खोजीमा
तर पाएँ मैले सधैँ आज, भोलि त रैछ मात्र आशा
म खोज्छु बुझ्न समय हाम्रो, देऊ मलाई सबै त्यही राम्रो
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलिँदै छ सारा संसार आँखैअगाडि, गएछ समय सुनौलो दिनपछाडि
त्यही नि गर्नु छ सङ्घर्ष केही बनाउन यो जीवनलाई
बितेको समय बित्न देऊ, अरूको कुराले आफूलाई नथिच्न देऊ
उठाऊ आफ्नै आवाज तिम्रो, कहिलेकाहीँ एक्लोपन जरुरी छ यो जीवनमा
म खोज्छु बुझ्न समय हाम्रो, मलाई नै सबै भए कति राम्रो
बदलियो जवाना, फेरिदियो हाम्रो दिन
म खोज्छु बुझ्न समय हाम्रो, देऊ मलाई सबै त्यही राम्रो
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो मेरो दिन
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो हाम्रो दिन