Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Abhiwaadan
Adrian Pradhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
अभिवादन
सबैलाई मेरो अभिवादन टक्र्याउँछु
आशा छ सञ्चै हुनुहुन्छ होला
सुखदुःख त्यही हो, भावनालाई सङ्गाली
जीवनको हरेक यात्राहरूमा
सम्झी हिँड्नु छ
बिति गयो हिजोको समय
आज ओठमा हाँसो छर्नु छ
भोलिका ति सपनाहरू
साक्षा बन्न मनमा हर्ष छ
संयोग हो या केहि बाध्यता
सानो भेट नै यहाँ काफी छ
समय सँगै बगे र यही
इतिहास आफ्नै कोर्नु छ
सबैलाई मेरो कामना टक्र्याउँछु
आशा छ सबैलाई सुभलाभ होला
सुखदुःख त्यही हो
सम्झनालाई सङ्गाली
जीवनको हरेक यात्राहरूमा
सद्भाव रोप्नु छ
जितेर सधैँ कोहि यहाँ
जीवनको सबै अर्थ यहाँ
फुकाएर जिउन कहाँ पो सक्छ र?
हारेर धेरै कोहि यहाँ
संघर्ष अनि बेदनासँग
लडेर उठ्ने संघर्ष कुनै रहने छ
सबैलाई मेरो सम्झना टक्र्याउँछु
आशा छ सबै ठीकै होला
सुखदुःख त्यही हो, भावनालाई सङ्गाली
जीवनको हरेक यात्राहरूमा माया बाड्नु छ