The Unloved । Parityakta । Sunana Timi Khusi Ta Chhau Ni
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
सुन न
तिमी खुसी त छौ नि?
सुन न
सिमलको भुवाँसरि
उडि गएथ्यौ
कति माथी पुग्यौ?
र छोड्यौ मलाइ देख्न
भन न
तिमी खुसी त छौ नि?
भन न
छोड न सपनाको कुरा
म बिपनासँग पनि डराउँदिन
तर एउटामा डुबिसकेको मान्छे
त्यसरि अरु कसैमा हराउँदैन
पुग्नु मैले पनि छ
जानू तिमिले पनि छ
यो बाटोले लान्छ कहाँ?
कसलाइ के थाह
भन न
तिमी खुसी त छौ नि?
भन न
रातहरु यहाँ
कस्को अनिँदो छैन?
हर कोहि एकान्तमा
रोएकै हुन्छ
जिन्दगी सधैं
रमाइलो भैदिए
दु:खको गीत यहाँ
कोहि किन सुन्छ?
यो सुतेको सुनसान
सडकले कुन
सहरमा ब्युँझाउने हो
कसलाइ के थाह
भनन
तिमी खुसी त छौ नि?
भनन
तिमिलाइ नहाँसेको सुहाउँदैन
तर एउटामा डुबिसकेको मान्छे
त्यसरि अरु कसैमा हराउँदैन
पुग्नु मैले पनि छ
जानू तिमिले पनि छ
यो बाटोले लान्छ कहाँ?
कसलाइ के थाह
भनन
तिमी खुसी त छौ नि?
भनन
तिमी खुसी त छौ नि?
भनन
तिमी खुसी त छौ नि?
भनन