Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Lumle Kadema
Krishna K.C, Samikshya Adhikari & Eleena Chauhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सानु तिमी मुसुक्क हाँसेर
मस्की हिँड्छ्यौ कम्मर भाँचेर
मन चञ्चल
सम्झँदै तिमीलाई बस्छु पल पल
सम्झँदै तिमीलाई बस्छु पल पल
त्यस्तो भन्नी कति छन् कति
मेरो कहिल्यै भएन सहमति
मन चञ्चल
सम्झिँदै मनमनै बस पल पल
सम्झिँदै मनमनै बस पल पल
मलाई पनि पारि छाड्यौ पिरतीको खेलमा
ताल्चा मारी थुनी राख्यौ तिम्रो मनको जेलमा
कमल मेरो मनभित्र तिम्रो मात्रै बास छ
तिमीले गर्ने हरेक कुरा मेरो लागि खास छ
हो, तिमीले गर्ने हरेक कुरा मेरो लागि खास छ
गङ्गा जस्तो सङ्लो छ नि मेरो चोखो मन
केही कुराले छुन्न मलाई जे भन्नु छ भन
तिम्रो यस्तो जालझेलले मलाई कहिल्यै छुन्न
तिमीले सोँचे जस्तो, हेर, सपनामा नि हुन्न
हो, तिमीले सोँचे जस्तो, हेर, सपनामा नि हुन्न
कति हिँड्छयौ रूप मात्रै फेरेर
कति जना मर्ने हुन् हेरेर
लुम्ले काँडेमा, लुम्ले काँडेमा
जहिले तिमीलाई देखेँ मन मुटु उतै छाडेँ म
जहिले तिमीलाई देखेँ मन मुटु उतै छाडेँ म
बस तिमी सपना देखेर
दिन्छु बरु कागजमा लेखेर
चोखो यो मन, चोखो यो मन
तिम्रा यी कुरा धेरै भो, भन्दै नभन
तिम्रा यी कुरा धेरै भो, भन्दै नभन
भन सानु के छ तिम्रो मनमा?
मलाई सधैँ हुन्छ खुल्दुली
मलाई सधैँ हुन्छ खुल्दुली
मुसुमुसु हाँस्दै लजाई बस्छ्यौ
किन हो र बोल्दै नबोली?
किन हो र बोल्दै नबोली?
हो, हो, हो, हो, हो, हो, हो, हो, हो
हो, हो, हो, हो, हो, हो, हो, हो, हो
झ्याली नगर मलाई, तड्पाई तड्पाई
झ्याली नगर मलाई, तड्पाई तड्पाई
केही परे त गर्ने हो तिमीले भरपाई, तिमीले भरपाई
तिमीसँग त्यसै किन बोल्नु?
त्यसको पनि कारण चाहिन्छ
त्यसको पनि कारण चाहिन्छ
अरुको मनमा के के छ के
त्यसै बुझ्न कहाँ पाइन्छ?
त्यसै बुझ्न कहाँ पाइन्छ?
हो, हो, हो, हो, हो, हो, हो, हो, हो
हो, हो, हो, हो, हो, हो, हो, हो, हो
सब कुराको तिम्रो मैले लिएकी छु र ठेक्का?
सब कुराको तिम्रो मैले लिएकी छु र ठेक्का?
जहिले पनि मलाई नपार है दिक्क, नपार है दिक्क
जहिले पनि मलाई नपार है दिक्क
संसारका खुसी सँगसँगै बसी मायामा नै पाइन्छ
ए सानु, माया लाएर हेर
तिमी पनि होइन, म पनि त होइन
ए सानु, हामी एक मानेर हेर
ए सानु, हामी एक मानेर हेर
तिम्रो यो मौनतालाई म के ठानुँ? म के ठानुँ
यति कुरा आजै भन्देऊ न सानु, भन्देऊ सानु
तिम्रा खुरापाती कुरा कहिल्यै हुन्नन् पूरा
मनमनै सम्झिँदै पानी छम्किदै गर
तिम्रो यो मायाको नातो तिमी आफै बाँध
अब धेरै नदेखाऊ संसारलाई चटक
संसारलाई चटक
कति भन्नी हो र पटक पटक? पटक पटक
कति भन्नी हो र पटक पटक? पटक पटक
कति भन्नी हो र पटक पटक? पटक पटक
तिमीले-मैले पिरती लाएको
बिर्सियौ र कसम खाएको?
के भो अहिले खै? के भो अहिले खै?
तिमीले नि माया गर मैले गरेझैँ
तिमीले नि माया गर मैले गरेझैँ
घामको झुल्का घुम्तीको शिरैमा
पछि फेरि पारौला पिरैमा
होस गर अहिले, होस गर अहिले
तिम्रो त्यो चाहना पूरा हुन्न कहिले
तिम्रो त्यो चाहना पूरा हुन्न कहिले
तिम्रो त्यो चाहना पूरा हुन्न कहिले
पूरा हुन्न कहिले