Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ke Bhanne Hamro Samay
Indrajeet Mijar, Prakash Shrestha
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
के भन्ने हाम्रो समय?
दश मोहर महिनाको कमाइ
हाम्रो जुगको पानी राम्रो, हो
हाम्रो समय साँच्चै रमाइलो
हे, हाम्रो जुगको पानी राम्रो, हो
हाम्रो समय साँच्चै रमाइलो
हे, के भन्ने हाम्रो समय?
दश मोहर महिनाको कमाइ
हाम्रो जुगको पानी राम्रो
हाम्रो समय साँच्चै रमाइलो
हाम्रो युगको पानी राम्रो, हो
हाम्रो समय साँच्चै रमाइलो
धाराको पानी, का-
धाराको पानी, कान्छी नानी, बोकेको कम्मरमा
भुलेको छैनौँ त्यो मीठो पानी अझै यो उमेरमा
धाराको पानी, कान्छी नानी, बोकेको कम्मरमा
भुलेको छैनौँ त्यो मीठो पानी अझै यो उमेरमा
आहा, साह्रै मीठो कुरो सम्झायौ, हो साइँला
अँ, अब अहिले थरीथरीका चिसो, थरीथरीका कोला
खोइ कता गयो धारा, कता गयो खोला
त्यो बोतलको पानी, न त पूरा आँत भिज्ने न त पूरा तिर्खै मेटिने, कठैबरी
अब अहिले चिसो कोला
कहाँ गयो धारा, खोला?
भएन पूरा आँत भिज्ने
हो, रहेन स्वादै तिर्खा मेटिने
ओ, भएन पूरा आँत भिज्ने
हो, रहेन स्वादै तिर्खा मेटिने
हुर्र, हुरहुर, आयो, आयो, नक्कले, आयो
स्याबास, च्याङ्बा, स्याबास
ढुङ्गाको धारा, धारामा देउता, देउताकै संसार
डाँडा र काँडा, हरियो वन, देउराली पुजेर
हे, ढुङ्गाको धारा, धारामा देउता, देउताकै संसार
डाँडा र काँडा, हरियो वन, देउराली पुजेर
खोइ, अब त देउता पनि बेच्छन्, वनजङ्गल पनि बेच्छन्
देवी-देउराली पनि बेच्छन्
यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन् क्यारे
बेच्छन् मात्रै, बेचिसके, साइँला, बेचिसके, हरे-हरे
धर्मकर्म गोजीमा राखी (हो)
देउता बेच्छन् पैसाको लागि (पक्कै)
पैसाकै लागि आफ्नो बिरानो
सबै छोडी जानु छ एक्लो
पैसाकै लागि आफ्नो बिरानो
सबै छोडी जानु छ एक्लो
हे, के भन्ने हाम्रो समय?
दश मोहर महिनाको कमाइ
हाम्रो युगको पानी राम्रो
हाम्रो समय साँच्चै रमाइलो
ए, हाम्रो युगको पानी राम्रो
हाम्रो समय साँच्चै रमाइलो, हे