Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sakdina Aba
The Axe
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सक्दिन म अब तिमीबिना जिउन
आँटै भएन मलाई विष पनि पिउन
सक्दिन म अब तिमीबिना जिउन
आँटै भएन मलाई विष पनि पिउन
सम्हाल्न खोज्नेछु पागल यो मन
मजस्तो मान्छे यहाँ अरू पनि त छन्
सम्हाल्न खोज्नेछु पागल यो मन
मजस्तो मान्छे यहाँ अरू पनि त छन्
सक्दिन म अब तिमीबिना जिउन
आँटै भएन मलाई विष पनि पिउन
तिमी मलाई भन्थ्यौ, "तिम्रो मायामा
यति हराएँ कि म सारा दुनियाँ नै भुलिसकेँ"
"अँगाल मलाई," भन्थ्यौ, "तिम्रो न्यानोपनमा म
यति डुबेछु कि प्यास सारा मेटिसकेँ"
कुन जुनीको तिमीले बदला लियौ?
मलाई जलाई किन छाडिगयौ?
सम्हाल्न खोज्नेछु पागल यो मन
मजस्तो मान्छे यहाँ अरू पनि त छन्
बाँच्नु त परिहाल्यो, हामीले बिताएका
सुखका पलहरू सम्झँदै बाँच्नेछु म
अर्को साथी रोज्दिन, मलाई चाइँदैन
दुई दिने नयाँ मायाहरू, याद पुरानै साँच्नेछु म
बरु पीडा सहन्छु, फाल्दिन जीवन
व्यथा जतिसुकै बढे पनि झन्-झन्
सम्हाल्न खोज्नेछु पागल यो मन
मजस्तो मान्छे यहाँ अरू पनि त छन्
सक्दिन म अब तिमीबिना जिउन
आँटै भएन मलाई विष पनि पिउन
सक्दिन म अब तिमीबिना जिउन
आँटै भएन मलाई विष पनि पिउन
सम्हाल्न खोज्नेछु पागल यो मन
मजस्तो मान्छे यहाँ अरू पनि त छन्
सम्हाल्न खोज्नेछु पागल यो मन
मजस्तो मान्छे यहाँ अरू पनि त छन्