Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Malai Jindagi Yo Lagchha
Narayan Gopal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मलाई जिन्दगी यो लाग्दछ
तिमी भन्दछौ यो पीर हो
जे छन् सबै ती व्यर्थ छन्
तिमी भन्दछौ यो प्यार हो
मलाई जिन्दगी यो लाग्दछ...
बहकिन्छु म सन्तापले
सल्केर आगो जल्दछु
खाली भएर शून्यझैँ
यहाँ खण्डहरूझैँ जिउँदछु
मेरा सारा-सारा अभावलाई
आकाश मेरो भन्दछु
तर मोहलाई म के भनूँ?
तिमी भन्दछौ यो भार हो
मलाई जिन्दगी यो लाग्दछ...
पोखिएकै म पानी भई
कहीँ शीत भई म अल्झिएँ
थाम्न नसक्दा वेदना
कहीँ घाउ भएर बल्झिएँ
थाम्न नसक्दा वेदना
कहीँ घाउ भएर बल्झिएँ
निर्दोष अनेक नजरमा म
आँसु बुनेर रोकिएँ
मझधारलाई म के भनूँ?
तिमी भन्दछौ यो किनार हो
मलाई जिन्दगी यो लाग्दछ
तिमी भन्दछौ यो पीर हो
मलाई जिन्दगी यो लाग्दछ...