Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sar Sar Hawa Bahanchha Kata ho
Astha Raut
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सरसर, सरसर, सरसर, सरसर हावा बहन्छ, कता हो?
हरहर, हरहर, हरहर, हरहर बास्ना चलन्छ, कता हो?
हे, सरसर, सरसर, सरसर, सरसर हावा बहन्छ, कता हो?
हरहर, हरहर, हरहर, हरहर बास्ना चलन्छ, कता हो?
नखोज, कस्तूरी नखोज
नखोज, कस्तूरी नखोज
हुरहुर, हुरहुर, हुरहुर, हुरहुर आगो बलन्छ, कता हो?
मालिका, बन मैना, बालिका
उडिजाऊ, उडिजाऊ
उडिजाऊ, उडिजाऊ, उडिजाऊ, उडिजाऊ, मैना, उडिजाऊ
गुडिजाऊ, गुडिजाऊ
गुडिजाऊ, गुडिजाऊ, गुडिजाऊ, गुडिजाऊ, पैयाँ, गुडिजाऊ
रङ्गीबिरङ्गी सपनाका प्वाँख काटिएका छन् तिम्रा, कि होइन? भन
डर अनि लज्जासँग यो जीवन साटिएका छन् तिम्रा, कि होइन? भन
Hmm, पिँजडा त पिँजडै हो सुनकै भए पनि
मान्दैनन् देवी तिम्लाई जति सहे पनि
डाँडापारि उडिजाऊ, छोरी, उडिजाऊ
वेग मारी उडिजाऊ, छोरी, उडिजाऊ
डर छोडी उडिजाऊ, छोरी, उडिजाऊ
जाल तोडी उडिजाऊ, छोरी, उडिजाऊ
उडिजाऊ, उडिजाऊ
उडिजाऊ, उडिजाऊ, उडिजाऊ, उडिजाऊ, मैना, उडिजाऊ
गुडिजाऊ, गुडिजाऊ
गुडिजाऊ, गुडीगुडी, गुडिजाऊ, गुडिजाऊ, पैयाँ, गुडिजाऊ
हातपाउमा संस्कारको नेल, सिङ्गो संसारै यो जेल तिमीलाई, कि होइन? भन
सुनचाँदी शृङ्गारको झेल, सधैँ पासो हाल्ने खेल तिमीलाई, कि होइन? भन
Hmm, पासो त पासो नै हो रूपकै भए पनि
सुक्दैनन् आँसु तिम्रा जति रोए पनि
डाँडापारि उडिजाऊ, छोरी, उडिजाऊ
वेग मारी उडिजाऊ, छोरी, उडिजाऊ
डर छोडी उडिजाऊ, छोरी, उडिजाऊ
जाल तोडी उडिजाऊ, छोरी, उडिजाऊ
उडिजाऊ, जाऊ, जाऊ, उडिजाऊ
उडिजाऊ, उडिजाऊ, उडिजाऊ, उडिजाऊ, मैना, उडिजाऊ
गुडिजाऊ, गुडिजाऊ
गुडिजाऊ, जाऊ, जाऊ, गुडिजाऊ, गुडिजाऊ, पैयाँ, गुडिजाऊ