Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhatbhate
Nepathya
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
ढल्केर आयो, बत्तेर आयो
भट्टाउँदै आयो, घुमी-घुमी आयो
नागबेली बाटो काट्दै, चिप्लो बाटो लड्दैपड्दै
आयो है आयो
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
ढल्केर आयो, बत्तेर आयो
भट्टाउँदै आयो, घुमी-घुमी आयो
नागबेली बाटो काट्दै, चिप्लो बाटो लड्दैपड्दै
आयो है आयो
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
"तुमतुम छ्या, तुमतुम छ्या", थितिरीति बज्दै थियो
"दलबल दल, दलबल दल", छद्म भेद तन्त्रमन्त्र
गर्नु गर्यौ के?, अब भन्नु के?
छलै छल, मन थिर भएन
भाँडभैलो मच्चाउनेलाई सम्मोहनले लौ बाधौँ
कुजिएका स्वरहरू एकात्रित भइजाऊ
मनदेखि मनसम्म, सडकदेखि सदनसम्म
एकत्रित भइजाऊ
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
चोक-चोक बसेर खालि गफै मात्रै मारी कति बस्छौ?, ए मान्छे!
पर हेर त! सेतो हिमाल पग्लेर कालो शिला भै रहेछ
निलो पहाड सुकेर पहिरो गएको गएकै छ
अन्नपूर्णको भण्डार तराई बाढीमा चुर्लुम्म डुबेर बेवारिसे भएको छ
सपनाहीनहरूबाट शासित हुन अभिशप्त हुनुपरेको छ
के सोचेको थियो, के भयो?
खबरदार!
यदि यो सरकार बस्ने देश हो भने
मनपरि गर्ने अधिकार र छुट यहाँ कसैलाई पनि छैन (छैन)
एक छैन...
दुई छैन...
तीन छैन!
खबरदार!
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
ढल्केर आयो, बत्तेर आयो
भट्टाउँदै आयो, घुमी-घुमी आयो
नागबेली बाटो काट्दै, चिप्लो बाटो लड्दैपड्दै
आयो है आयो
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड
"भटटट भटटट" भटभटे आयो, बाटो छोड छोड