Ojhel
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
रोक न यो समय आजलाई, छैन बाँकी हिजोको दिन
टाढै भए पनि तिमी मेरो मनमै बस है
नचिने पनि गर चिनेजस्तै एकछिनलाई
के भनूँ तिमीलाई?
चोरी लग्यौ मेरो भन्नु सबै
के भनूँ तिमीलाई?
तोडी गयौ मेरो यो मनलाई
छेक न यो वाध्यता, जीवन मलाई जिउन देऊ
नरोक मेरो गन्तव्यलाई, फर्केर आउनेछैन यो समय
एकैछिनको हाँसो तिम्रो, दिनदिनको मेरो पीर पो हो
के भनूँ तिमीलाई?
चोरी लग्यौ मेरो भन्नु सबै
के भनूँ तिमीलाई?
तोडी गयौ मेरो यो मनलाई
के भनूँ तिमीलाई?
चोरी लग्यौ मेरो भन्नु सबै
के भनूँ तिमीलाई?
तोडी गयौ मेरो यो मनलाई
फर्केर आउँदैमै हुनेछैन पहिलेजस्तै
मन तोडेर जाँदैमै हुनेछैनौ तिमी आस्तै
खेलेँ सबै तिम्रो खेल
जीत मेरो, तर भयौ तिमी ओझेल
के भनूँ तिमीलाई?
चोरी लग्यौ मेरो भन्नु सबै
के भनूँ तिमीलाई?
तोडी गयौ मेरो यो मनलाई
के भनूँ तिमीलाई?
चोरी लग्यौ मेरो भन्नु सबै
के भनूँ तिमीलाई?
तोडी गयौ मेरो यो मनलाई