Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chot Sahera
Pramod Kharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बाँचेकै छु अझै पनि चोट सहेर
कतिसँग रोउँ अब म व्यथा कहेर?
बाँचेकै छु अझै पनि चोट सहेर
कतिसँग रोउँ अब म व्यथा कहेर?
गल्ती मेरो एउटै थियो तिमीलाई नै छानेँ
दुष्ट रैछौ, झुक्किएर देवता नै ठानेँ
आफैलाई बिर्सेछु नि म हुस्सै बहेर
कतिसँग रोउँ अब म व्यथा कहेर?
मुटु दुखिरह्यो, घाउ पोलीरह्यो
तिम्रो मायाले सधैँ पोलीरह्यो
निष्पट रातमा तिम्रो मायाले सताइरह्यो
साँप भनेर मेरो एक्लो जीवनलाई डसीरह्यो
तिम्रो तिरस्कारका उपहार आँसु छन् आँखाभरि
कल्पनाको सुन्दर संसार साउने भेलले भत्काइदियो
मेरो बारेमा सोच्दा तिमीसँग एकपलको समय थिएन सायद
तिम्रो hurt ले कसैको जीवन मरुभूमि बन्छ भनेर अलिकति पनि किन? किन सोचिनौ?
यो प्रश्नले मेरो मन घोचिरहन्छ
आँसुभित्र आफू डुबी खुसी बाँडिरहेँ
तिम्रो जीत मेरै सम्झी हारी मात्रै रहेँ
हो, आँसुभित्र आफू डुबी खुसी बाँडिरहेँ
तिम्रो जीत मेरै सम्झी हारी मात्रै रहेँ
तिम्रा निम्ति रित्तिएर टुकी जलाइरहेँ
भित्र सधैँ रोएँ तर बाहिर हाँसिरहेँ
आफैलाई बिर्सेछु नि म हुस्सै बहेर
कतिसँग रोउँ अब म व्यथा कहेर?
बाँचेकै छु अझै पनि चोट सहेर
कतिसँग रोउँ अब म व्यथा कहेर?