Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nepali Ho
1974 AD
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ
हाम्रो पुर्खाले
कति व्यथाहरु सहेर
कति व्यथाहरु सहेर
ईतिहासमा कथा त लेखेकै छ
जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
ननै लडाईंको मैदानबाट भागिदिन्छ
नत सुनको तराजुमा बिकिदिन्छ
ननै लडाईंको मैदानबाट भागिदिन्छ
नत सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा विश्वाश राख्ने
यो मन त मेरो नेपाली हो
ननै अरुको भरोसामा बाचिदिन्छ
नत आफ्नो अधिकारलाई लूट्नदिन्छ
ननै अरुको भरोसामा बाचिदिन्छ
नत आफ्नो अधिकारलाई लूट्नदिन्छ
हिमालझै चम्किलो सफा छ छाति
आकाशझै फिजिएको बिचार छ बिशाल
यो मन त मेरो नेपाली हो
जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ
हाम्रो पुर्खाले
कति व्यथाहरु सहेर
कति व्यथाहरु सहेर
ईतिहासमा कथा त लेखेकै छ
जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो