Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mero Priye,
Yabesh Thapa
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मेरो प्रिय, मेरो सबै थोक
मेरो हाँसो, ओखती र रोग
मेरो रुवाइ, उत्तेजना र शोक
मेरो नर्क र मेरो स्वर्गलोक
मलाई याद आउँछ ती दिन
पर्खी बस न एकै छिन
र नछोड समातिराखेको हात
टुङ्ग्याऊ न तिम्रो बात
भन मलाई बिछोडको वेदना
यो लत्रिएको भावना
यो मुटु सम्हालेर राख्न कति गाह्रो हो?
तिम्रो उदासीपनको प्रेरणाको
दोषी मै हो, हैन र?
मलाई थाहा छ, नसम्झाऊ न
म सिद्ध छैन
होला तिम्रा ठूला-ठूला सोच-विचार
छाडी जाने संसार
जहाँ जून रमाउँछ, अस्ताउँदा घाम
तर मेरो त संसारै तिमी हौ
भन म भागी कहाँ जाऊँ
जब तिमी नै हौ मेरो पूर्णविराम?
मेरो प्रिय, मेरो सबै चिज
मेरो गर्व, मेरो चोखो आरिस
मेरो शरम, मेरो अमृत र विष
मेरो सपनाको दौँतरी
मलाई याद आयो ती दिन
पर्खी बसेनौ एकै छिन
र छोडी गयौ समातेको हात
टुङ्ग्याएनौ तिम्रो बात