Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Priyasi
Aayush Koju
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
शब्द-शब्द समेटिराछु तिम्रै बयान गर्दा
भावनामा म डुबिराछु तिम्रै गीत लेख्दा
शब्द-शब्द समेटिराछु तिम्रै बयान गर्दा
भावनामा म डुबिराछु तिम्रै गीत लेख्दा
कहाँ छौ, माया? खोजिराछु भाग्यमा म तिमीलाई
हरेक दिनको हरेक पल तिम्रै यादमा हराई
प्रियसी, तिम्रो नाम गरेँ जीवन
प्रियसी, तिम्लाई सुम्पेँ मेरो मन
घाम झुक्लेसरि तिमी उदाऊ मेरो जीवनमा
उज्यालो बनाउनू मेरो संसार, नअस्ताऊ क्षितिजमा
घाम झुक्लेसरि तिमी उदाऊ मेरो जीवनमा
उज्यालो बनाउनू मेरो संसार, नअस्ताऊ क्षितिजमा
जूनलाई सोध्नू कति माया गर्छु म तिमीलाई
तिम्रै चित्र कोरी बस्छु ताराहरू मिलाई
प्रियसी, तिम्रो नाम गरेँ जीवन
प्रियसी, तिम्लाई सुम्पेँ मेरो मन
सारा संसार भुलाई म तिमीलाई आफ्नो बनाउँला
राख्नेछु म यो हृदयमा, सधैँ तिम्लाई सजाउँला
सारा संसार भुलाई म तिमीलाई आफ्नो बनाउँला
राख्नेछु म यो हृदयमा, सधैँ तिम्लाई सजाउँला
लजालु तिम्रो मुस्कानमा साँच्छु मेरो हेराइ
अजम्बरी हाम्रो यो माया कहिले पनि नटुटाई
प्रियसी, तिम्रो नाम गरेँ जीवन
प्रियसी, तिम्लाई सुम्पेँ मेरो मन
प्रियसी, तिम्रो नाम गरेँ जीवन
प्रियसी, तिम्लाई सुम्पेँ मेरो मन
तिम्लाई सुम्पेँ मेरो मन