Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sasto Mutu
Sajjan Raj Vaidya
Popularity · Very high
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
के खाले माया यो? दिनदिनै कमाउनुपर्ने रे
मनले पुग्दैन, सिरमाथि चढाउनुपर्ने रे
यसरी मरेर माया लाउँदा के पाइयो र, खै?
लौ, तिमी नै राख यो कहीँ नभाको मन तिमीसँगै
ओ, किन गाउँछन् कुन्नि माया बारेमा?
आफूलाई त पिरतीले कहिल्यै फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
जान्छु जुन बाटो आएँ त्यही बाटो फर्केर
के तालको मनपरी? आफैलाई महारानी रे
कुन चाहिँले गफ लाइदियो, आफूलाई खूबै ठानिछे
कि के हो, खै? तिम्रो कुरै बुझे त के भन्नु कहिले
घुमाउरो कुरामा तिमीले घुमायौ, म नि घुमेँ
त्यसरी मरेर माया लाउँदा केही पाइएन है
लौ, तिमी नै राख त्यो कहीँ नभाको मन तिमीसँगै
किन गाउँछन् कुन्नि माया बारेमा?
आफूलाई त पिरतीले कहिल्यै फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
के जान्छु जुन बाटो आएँ त्यही बाटो फर्केर, hey!
महँगो रैछ माया तिम्रो, मलाई चाहिएन
चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन
ए कान्छी, तिम्रै पछि लागी बुझेँ यस्तो पो रैछ
तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रैछ
महँगो रैछ माया तिम्रो, मलाई चाहिएन
चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन
ए कान्छी, तिम्रै पछि लागी बुझेँ यस्तो पो रैछ
तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रैछ