Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maan Ko Bhagwan
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
खुसी छु म आज तिम्रो साथमा
देखायौ मलाई जीवनको बाटो
हुर्काई मलाई आज स्थिर बनायौ
छ है तिम्रो माया धेरै साँचो
आमा, तिमी मेरो मनको भगवान्
गल्ती भए क्षमा देऊ मलाई
गर्छु तिमीलाई माया र सम्मान
आमा, तिमी मनको भगवान्
महलको राजा हाम्रो पिता ब्रह्माण्ड
दियौ सबै जीवन हामीलाई
फर्काउँछु आभार साटोमा
जीवनको बाटो कुरिराछ मलाई
छैन केही डर मलाई
देखेको छु जन्म र मृत्यु आँखाले
रोक्न सक्नेछैन कसैले मेरो गन्तव्यलाई
कर्म गर्दै छु यही भाकाले
आमा, तिमी मेरो मनको भगवान्
गल्ती भए क्षमा देऊ मलाई
गर्छु तिमीलाई माया र सम्मान
आमा मेरो मनको भगवान्
देउताको बोली सुनेको छु मैले
भन्नुभयो, "आमाबुवालाई साथ देऊ
त्यही नै तिम्रो धर्म, नदेऊ दुःख सकेसम्म
त्यही नै तिम्रो कर्म हो"
आमा, तिमी मेरो मनको भगवान्
गल्ती भए क्षमा देऊ मलाई
गर्छु तिमीलाई माया र सम्मान
आमा मेरो मनको भगवान्
देख्न सक्दिन तिम्रो आँखामा आँसु
पोल्छ मेरो मन तिमीलाई निराश देख्दा
सकेसम्म दिन्छु सुख तिमीलाई
रम्छु म जब देख्छु तिम्रो मुहारमा हाँसो
आमा, तिमी मेरो मनको भगवान्
गल्ती भए क्षमा देऊ मलाई
गर्छु तिमीलाई माया र सम्मान
आमा मेरो मनको भगवान्
आमा मेरो मनको भगवान्
आमा मेरो मनको भगवान्