Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nepali Nepalko
Gopal Yonjan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
नेपाली, नेपालको माया छ कि छैन?
नेपाली, नेपालको माया छ कि छैन?
नेपाली, नेपालको माया छ कि छैन?
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन
नेपाली, नेपालको माया छ कि छैन?
हाम्रा पुर्खा सतलजदेखि टिष्टासम्म हाँक्ने
हाम्रा पुर्खा सतलजदेखि टिष्टासम्म हाँक्ने
हामी किन बाँच्नलाइ अरुको मुख ताक्ने
हाम्रा पुर्खा सतलजदेखि टिष्टासम्म हाँक्ने
हामी किन बाँच्नलाइ अरुको मुख ताक्ने
पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
आज छोरी लाज नबेच एक घुट मदिरामा
नेपाली, नेपालको माया छ कि छैन?
त्यही पुर्खाको दुइ-चार थोपा रगत छ कि छैन
त्यही पुर्खाको दुइ-चार थोपा रगत छ कि छैन
काँधमा हिमाल बोकी उठ्ने तागत छ कि छैन
नेपाली, नेपालको माया छ कि छैन?
सारा नेपाल नेपालीलाइ छाँया दिन सक्ने
सारा नेपाल नेपालीलाइ छाँया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन
सारा नेपाल नेपालीलाइ छाँया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन
देशको निम्ती मात्र लड्ने खुँडा र खुकुरी
देशको निम्ती मात्र लड्ने खुँडा र खुकुरी
खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन
नेपाली, नेपालको माया छ कि छैन?
शुक्र धर्म दशरथ चन्द र गंगालालको जस्तो
शुक्र धर्म दशरथ चन्द र गंगालालको जस्तो
हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन?
नेपाली नेपालको माया छ कि छैन
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन
नेपाली नेपालको माया छ कि छैन
माया छ कि छैन, माया छ कि छैन