Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timilai
Purna Rai
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हावा चलेछ सिरिरिरी बतासै बनेर
लैजाऊ न उडाई तिम्रो त्यो सहर
म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ न्यानो अँगालोमा मलाई
थाकी सकेछु जिन्दगी जिउन
कटाउनलाई एक्लै गाह्रो
(गाह्रो)
सजिलो होला सोचेथिएँ यो जीवन
तर जिन्दगी रहेछ लामो
बहकिने यो मनमस्तिष्कलाई स्थिर राखिदेऊ न
खाली रहने अँगालोलाई कसेरै बाँधिदेऊ न
खोजी हिँड्ने आँखाहरू तिमीलाई नै रोज्ने छन्
(रोज्ने छन्)
दु:ख त नआउला भन्दिन म सुख चाहिँ अलि बढी दिउँला
म त मात्तिन्छु आत्तिन्छु सासिन्छु तिम्रै त्यो मायामा
नदेऊ न ज्यादै पोखिने गरी
म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ मलाई तिम्रो अँगालोमै
थाकी सकेछु जिन्दगी जिउन
कटाउनलाई एक्लै गाह्रो
सजिलो होला सोचेथिएँ यो जीवन
तर जिन्दगी रहेछ लामो
माया नमार्नु धैर्य सँग पर्खी बस्नु है
(पर्खी बस्नु है)
केही समय लाग्ला आउँछु म कसम तिमीलाई लिनलाई
(हो तिमीलाई लिनलाई)
जम्मै समय बोकी आउनु त्यो जीवन बिताउनलाई
(त्यो जीवन बिताउनलाई)
यो जुनी कम्ति परे अर्को जुनीसम्मलाई
लै लै लै लै लै लै
माया नमार्नु धैर्य सँग तिमी पर्खी बस्नु है
केही समय लाग्ला आउँछु म कसम तिमीलाई लिनलाई
जम्मै समय बोकी आउनु त्यो जीवन बिताउनलाई
यो जुनी कम्ति परे अर्को जुनी सम्मलाई
हावा चलेछ सिरिरिरी बतासै बनेर
लैजाऊ न उडाई तिम्रो त्यो सहर
म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ न्यानो अँगालोमा मलाई
म त मात्तिन्छु आत्तिन्छु सासिन्छु तिम्रै त्यो मायामा
नदेऊ न ज्यादै पोखिने गरी
म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ मलाई तिम्रो अँगालोमै
हावा चलेछ सिरिरिरी बतासै बनेर
लैजाऊ न उडाई तिम्रो त्यो सहर
म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ न्यानो अँगालोमा मलाई
म त मात्तिन्छु आत्तिन्छु सासिन्छु तिम्रै त्यो मायामा
नदेऊ न ज्यादै पोखिने गरी
म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा
बेरिदेऊ मलाई तिम्रो अँगालोमै