Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pagalpan
Yama Buddha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
यो कुरा सत्य हो, निकै प्रष्ट थियो
उनीमा उसको संसार सर्वस्व थियो
ऊ आफ्नो मायाको साचो भक्त थियो
उसको लागि त्यसको ठूलो अर्थ थियो
उनीलाई आफ्नो बनाउने उसको लक्ष्य थियो
तर सबै सपनाहरु व्यर्थ भो
उनीहरु बिचको मायाको नै अन्त्य भो
उसको मुटुको धड्कन बिस्तारै बन्द भो
ऊ अब तड्पन्छ, उनीलाई जब सम्झन्छ
ऊ मात्रै विरानो सबै तिर रम्झन्छ
उसमा न आशा न उमङ्ग छ
एक्लै आफ्नो कोठा भित्र बन्द छ
न केहि सुन्छ, न त केहि भन्द छ
उ आफैमा मौन र मन्द छ
ऊ एक पागल प्रेमी थियो
कसैले प्रेम मेटी दियो
त्यसैले होला आज पागलपन मात्र देखियो
ऊ भित्र भित्रै चाहन्छ
उनीलाई सबै राम्रो कुरा होस
उनको चाहना सबै पुरा होस्
उनको उसले भन्दा माया गर्ने बुढा होस्
तर यथार्थमा उसलाई कति पीडा हुदा हो
जब देख्छ उनीलाई अरु कसैको साथमा
उसको हात अरु कसैको हातमा
कति पोल्दो हो, उसको आत्मा
अब बस्छ सदैव, ऊ रक्सी र नसाको मातमा
सम्झिदै ती दिन जब उनी सङ्गै थिईन
संगै रुने हास्ने मर्ने बाच्ने कुरा गर्थिन
उसलाई लाग्थ्यो सायद सबै वाचा पुरा गर्छिन
धेरै माया मात्र दिन खोज्थ्यो हर दिन
तर उ नै पन्छिन आज नफर्किने गरी
सायद रुने गर्छिन बहकिने गरि
बोकेर मन भरी जलेका अभिलाषा
सायद यहि भयो उसको लागि प्रेमको परिभाषा