Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pratibimba Live On KMN
Cobweb
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मेरो अचेत प्रतिबिम्ब म हाँस्दा हाँस्न छोड्यो
शब्दमा अल्झिरहँदा अर्थको भार छुट्न पुग्यो
मेरो सचेत निराशा मसँग जुध्न छोड्यो
अतीतलाई फर्केर हेर्दा मिठासको कमी गुञ्जियो
मेरो अचेत प्रतिबिम्ब
आक्रोशमा छ मेरो छाया
टाढिएको मेरो शरीर
एक्लो र सुनसान यहाँ
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब
यी सोचहरू नौला-पुराना छन्
प्रत्यक्ष जीवन हुँदाहुँदै पहिचानबारे सोच्न थाल्छ
जीवनको अन्त्य अगण्य हुन्छ
आफ्नो रोजाइ खोज्न थाल्छ
आक्रोशमा छ मेरो छाया
टाढिएको मेरो शरीर
एक्लो र सुनसान यहाँ
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब
मेरो अन्धो यो आत्मविश्वास म लड्दा उठ्न छोड्यो
इच्छालाई साँचेर राख्दा समयको साथ छुट्न पुग्यो
मेरो अचेत प्रतिबिम्ब
Thank you!