Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Badhyatale
Prashant Tamang
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
हो, बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
यो धर्तीको अभागी म
यो धर्तीको अभागी म, यही विधिले ठगेको हो
बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
ढुङ्गा पेली सुन बनाउने, यस्तो उमेर अर्पेको छु
हो, ढुङ्गा पेली सुन बनाउने, यस्तो उमेर अर्पेको छु
तनमनकै सारा शक्ति
तनमनकै सारा शक्ति नुनका लागि खर्चेको छु
नुनका लागि खर्चेको छु
घर आउँदा त्यस्ता काम यही देशमै गरूँ लाग्छ
तर यहाँ अभावले
तर यहाँ अभावले मेरै छेउमा बास माग्छ
बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
जन्माउँछन् महान आमा संसार जित्ने वीरहरू
हो, जन्माउँछन् महान आमा संसार जित्ने वीरहरू
इमानबाटै इज्जत जोर्ने
इमानबाटै इज्जत जोर्ने गोर्खालीझैँ छैनन् अरू
गोर्खालीझैँ छैनन् अरू
बाधा फुक्छ यी आमाका आशीर्वचन शिरमा आउँदा
त्यही त थोरै गर्व लाग्छ
त्यही त थोरै गर्व लाग्छ "वीर गोर्खाली" नाम पाउँदा
बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
हो, बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो
यो धर्तीको अभागी म
यो धर्तीको अभागी म, यही विधिले ठगेको हो
बाध्यताले डोऱ्याएर मलाई परदेश लगेको हो