Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mai Mori Lai Lina Pardesi
Sadhana Sargam
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मै मोरीलाई लिन परदेशी आउँछ रे
ओ, मै मोरीलाई लिन परदेशी आउँछ रे
चिट्ठीमा त लेखेछ मीठो, मीठो, मीठो माया लाउँछ रे
(ए, त्यसो भा आइन्छ, सँगिनीको बिहे खाइन्छ)
(त्यसो भा आइन्छ, सँगिनीको बिहे खाइन्छ)
चुरा पनि किन्यो रे, पोते पनि किन्यो रे
सिउँदोमा लगाउने सिन्दूर पनि किन्यो रे
ओ, चुरा पनि किन्यो रे, पोते पनि किन्यो रे
सिउँदोमा लगाउने सिन्दूर पनि किन्यो रे
पाउजु पनि किन्यो होला छमछमी बजिदिने
घुम्टो पनि किन्यो होला लाज लाग्दा ओढिदिने
हो, मै मोरीलाई लिन परदेशी आउँछ रे
चिट्ठीमा त लेखेछ मीठो, मीठो, मीठो माया लाउँछ रे
(ए, त्यसो भा आइन्छ, सँगिनीको बिहे खाइन्छ)
(त्यसो भा आइन्छ, सँगिनीको बिहे खाइन्छ)
साडी, चोली, पछ्यौरी लाउनु मैले कसरी?
शृङ्गारमा लाली, गाजल लाउनु मैले कसरी?
हो, साडी, चोली, पछ्यौरी लाउनु मैले कसरी?
शृङ्गारमा लाली, गाजल लाउनु मैले कसरी?
पञ्चेबाजा जन्ती लिई आउँछ रे आँगनभरि
बेहुली बन्दा कस्तो होला, उड्छ मन हावासरि
हो, मै मोरीलाई लिन परदेशी आउँछ रे
मै मोरीलाई लिन परदेशी आउँछ रे
चिट्ठीमा त लेखेछ मीठो, मीठो, मीठो माया लाउँछ रे
(ला, ला-ला-ला, ला-ला-ला, ला-ला, ला-ला, ला-ला, ला-ला-ला)
(ला-ला-ला, ला-ला-ला, ला-ला, ला-ला, ला-ला, ला-ला-ला)
हो, मै मोरीलाई लिन परदेशी आउँछ रे