Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Yi Halla Haru Hu
Ananda Karki
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
यी हल्लाहरू हुन् तिमीले सुनेका
कसैसँग मैले मुटु साट्या छैन
नपत्याए, हेर चिरेर यो छाती
तिमीलाई कहिल्यै मैले ढाँट्या छैन
यो मनमा तिमी छौ, वचनमा तिमी छौ
तिमी स्वप्न बन्दै सजेकी नयनमा
यो मनमा तिमी छौ, वचनमा तिमी छौ
तिमी स्वप्न बन्दै सजेकी नयनमा
म भेट्छु तिमी नै यी फूलमा, बहारमा
यो निलो गगनमा, यो शीतल पवनमा
यो विश्वास गरिदेऊ, तिमीलाई नसम्झी
कुनै रात मैले कतै काट्या छैन
यी हल्लाहरू हुन् तिमीले सुनेका
कसैसँग मैले मुटु साट्या छैन
म फुल्छु हँसिलो लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ, मेरो अर्थ हुन्न
म फुल्छु हँसिलो लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ, मेरो अर्थ हुन्न
म भुल्छु मलाई पनि जिन्दगीमा
तिमीलाई भुल्ने सामर्थ्य हुन्न
यो विश्वास गरिदेऊ, तिमीलाई नसम्झी
कुनै रात मैले कतै काट्या छैन
यी हल्लाहरू हुन् तिमीले सुनेका
कसैसँग मैले मुटु साट्या छैन
Hm-hm-hm, hm-hmm, hm
ला-ला-ला, ला-ला, ला