Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ma Kasari Bhanu
Narayan Gopal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
म कसरी भनूँ यो माया हो?
न तिमी मेरी न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो, अनि मेरो
म कसरी भनूँ?
यति नगिच भएर पनि
हामी टाढा नै हुनुपर्छ
एकै नदी भएतापनि
हामी दुइटा किनार हुनुपर्छ
म कसरी भनूँ यो मिलन हो?
न तिमी मेरी न म तिम्रो
बरु भनिदेऊ यो सपना हो
जो तिम्रो हो, अनि मेरो
म कसरी भनूँ?
तिम्रो मन मैले जितेर पनि
आफैसित म हार्नुपर्छ
कलिला, कोमल, प्रीति कोपिला
फुल्नुअघि नै मार्नुपर्छ
म कसरी भनूँ यो सङ्गम हो?
न तिमी मेरी न म तिम्रो