Ananta Maya
Addhyaya
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
खुसीको बहार ल्याइदियौ
मेरो यो जीवनमा
उज्यालो दीप बनि दियौ
अँध्यारो मेरो संसारमा
जुन तारा नसकुला दिन तर
हृदयभरिको माया दिऊँला
जुन तारा नसकुला दिन तर
अजम्बरी माया दिऊँला
तिमीलाई
सपना नबनिदिनु है
बिपनामै रहिदिनु है
यदि सपना हौ भने तिमी
मलाई प्यारो निन्द्रा नै
जुन तारा नसकुला दिन तर
हृदयभरिको माया दिऊँला
जुन तारा नसकुला दिन तर
अजम्बरी माया दिऊँला
तिमीलाई
अनन्त सम्मै माया दिऊँला तिमीलाई
मुटु माझ सजाइदिउँला सधैंलाई
जुन तारा नसकुला दिन तर
हृदयभरिको माया दिऊँला
जुन तारा नसकुला दिन तर
अजम्बरी माया दिऊँला
तिमीलाई