Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tasbir 2 Roee Rahanchhu
Kamal Khatri
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
Traumatic amnesia...
रोइरहन्छु तारा हेर्दै, आकाशमा छौ रे तिमी
सुस्केरामा सुन्छु फेरि, बतासमा छौ रे तिमी
रोइरहन्छु तारा हेर्दै, आकाशमा छौ रे तिमी
सुस्केरामा सुन्छु फेरि, बतासमा छौ रे तिमी
यहाँ हेर्छु, त्यहाँ हेर्छु तिमीलाई म
खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
हो, खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
धर्ती एउटै थियो हाम्रो, माटो अलग भइसकेछ
यात्रा थियो सँगसँगै, बाटो अलग भइसकेछ
धर्ती एउटै थियो हाम्रो, माटो अलग भइसकेछ
यात्रा थियो सँगसँगै, बाटो अलग भइसकेछ
फूलहरूमा खोज्छु फेरि, गुराँसमा छौ रे तिमी
कहिल्यै छुन नपाउने सुवासमा छौ रे तिमी
यहाँ हेर्छु, त्यहाँ हेर्छु तिमीलाई म
खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
हो, खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
पाइलाहरू खोज्दै छु म तिमी हिँड्ने गोरेटोमा
छाया खोज्दै भौँतारिन्छु बिहानीको सिरेटोमा
पाइलाहरू खोज्दै छु म तिमी हिँड्ने गोरेटोमा
छाया खोज्दै भौँतारिन्छु बिहानीको सिरेटोमा
निभेछ मिलनको दियो, आभासमा छौ रे तिमी
अझै पनि मैले फेर्ने सासमा छौ रे तिमी
यहाँ हेर्छु, त्यहाँ हेर्छु तिमीलाई म
खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
हो, खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
There is only 50 percent chance of her recovery
All is in hand of God now...