Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Poe Paryo Kale
Ram Chandra Kafle
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हेर, मायाको चिनो बोकी, देवी देउता ढोगी आएँ म तिम्रो छेउ
त्यो जोबन मलाई देऊ, हे, त्यो जोबन मलाई देऊ
माया मागेर पाइँदैन, चिनेजानेको छैन, जिस्किँदै नजिक नआऊ
फर्केर घरै जाऊ, फर्केर घरै जाऊ
सुन, त्यो जोबन मलाई देऊ, भो-भो, फर्केर घरै जाऊ
Hm, खानदानी केटा भन्दै ल्याए बाले
खानदानी केटा भन्दै ल्याए बाले
मलाई त मन पर्ने गोरे तर पोइ पऱ्यो काले, हे, काले
सुन, काले भए नि के हुन्छ र? म त छु है दिलवाले, दिलवाले
तिम्रै लागि साथी छोडी आएँ
जिन्दगीको गाडी मोडी आएँ
मीठो बोलेर फकाउन खोज्यौ
लाटी हुँ र म? छकाउन खोज्यौ
हो, हो, तिम्रै लागि साथी छोडी आएँ
जिन्दगीको गाडी मोडी आएँ
Mm-hm, मीठो बोलेर फकाउन खोज्यौ
लाटी हुँ र म? छकाउन खोज्यौ
हो, तिम्रो दुःख नि लिउँला, सँगसँगै जिउँला भनेर आएँ छेउ
त्यो जोबन मलाई देऊ, त्यो जोबन मलाई देऊ
ओ-हो, फर्केर घरै जाऊ, फर्केर घरै जाऊ
Hm, खानदानी केटा भन्दै ल्याए बाले
खानदानी केटा भन्दै ल्याए बाले
मलाई त मन पर्ने गोरे तर पोइ पऱ्यो काले, हे, काले
सुन, काले भए नि के हुन्छ र? म त छु है दिलवाले, दिलवाले
तिम्रो बन्न भन के-के गरौँ
पागल बनौँ या पाउमा परौँ
ओ-हो, डर लाग्छ मन दुखाउने हो कि
भोलि गएर रुवाउने हो कि
हो, हो, तिम्रो बन्न भन के-के गरौँ
पागल बनौँ या पाउमा परौँ
हो-हो, डर लाग्छ मन दुखाउने हो कि
भोलि गएर रुवाउने हो कि
हो, बनाउँछु मनकी रानी सुम्पेर जिन्दगानी भनेर आएँ छेउ
फर्केर घरै जाऊ, फर्केर घरै जाऊ
हे, त्यो जोबन मलाई देऊ, त्यो जोबन मलाई देऊ'
Hm, खानदानी केटा भन्दै ल्याए बाले
खानदानी केटा भन्दै ल्याए बाले
मलाई त मन पर्ने गोरे तर पोइ पऱ्यो काले, हे, काले
सुन, काले भए नि के हुन्छ र? म त छु है दिलवाले, दिलवाले
"पोइ पऱ्यो काले," कात्तिक ८ गते हलतिर जाले