Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Holi
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
होली, हो (हो-हो)
सररररररर (हो-हो) होली, हो (हो-हो)
(हो-हो)
आजको यो दिन, रमाइलो यो छिन, नाचौँ, गाऊँ मन यो खोली
रमौँ है आज नमानी लाज, थाहा छैन को कहाँ पुग्ने हो भोलि
पिच्कारीमा रङ्ग भरेर, सरर, सरर, सरर
खुसीले सारा दङ्ग परेर, सरर, सरर, सरर
भिजे नि आज रङ्गरङ्गैले नयाँ लुगा र चोली
थरीथरीका रङ्ग मिले जस्तै मिलाऊँ है हाम्रो बोली
लौ, आयो रे, आयो रे, आयो रे, होली, होली
सररररररर होली, हो
सररररररर होली, हो
सररररररर होली, हो
सररररररर होली, हो
लुकेर झ्यालमा बस्नेलाई हानौँ कि रङ्गको लोला?
निलो, पहेँलो, रातो रङ्गमा रङ्गिदा मज्जा होला
हे, कसलाई नहोला होलीमा रम्ने, रङ्गमा जम्ने रहर?
हेर त आज रङ्गीन भाको छ सारा गाउँ र शहर
भिजे नि आज रङ्गरङ्गैले नयाँ लुगा र चोली
थरीथरीका रङ्ग मिले जस्तै मिलाऊँ है हाम्रो बोली
लौ, आयो रे, आयो रे, आयो रे, होली, होली
हा-हा, हा-हा, उमेर छँदा नाचियो कति, कति-कति गाइयो
हानियो लोला दौँतरीलाई, आफूले पनि खाइयो
हिजोको रौस देखाउन उठ्यो हाम्रो नि बूढो टोली
जमेर खेलौँ, जमेर खेलौँ, लौ, बूढाबूढी आज सँगै होली
आ-हा, आ-हा (हुर्र रे, है, है, है)
अरे, देख्दै छु मैले किन आज अखियाँ लाल-लाल? (अरे, वाह रे, वाह)
अरे, भाङले हो कि रङ्गले हो कि रातै भयो नि गाल (अरे, वाह रे, वाह)
अरे, रङ्ग लगायो, भाङ नि खायो, नगर धेरै बबाल
फागुको रङ्गमा हेर त आज देख्दै छ कमाल
ए भैया, राम-राम, ए बौजी, राम-राम
ए दाजु, राम-राम, ए बैनी, राम-राम
दुई दिनको जिन्दगी हो मानिसको चोला
आज रमाऊँ दिल खोलेर, अर्को साल के होला?
पोखरामा अबिर खेल्दा खुसी जनकपुरमा
निस्फिक्री होली खेलौँ है हामी आज आफ्नै सुरमा
भिजे नि आज रङ्गरङ्गैले नयाँ लुगा र चोली
थरीथरीका रङ्ग मिले जस्तै मिलाऊँ है हाम्रो बोली
लौ, आयो रे, आयो रे, आयो रे, होली, होली
आजको यो दिन, रमाइलो यो छिन, नाचौँ, गाऊँ मन यो खोली
रमौँ है आज नमानी लाज, थाहा छैन को कहाँ पुग्ने हो भोलि
पिच्कारीमा रङ्ग भरेर, सरर, सरर, सरर
खुसीले सारा दङ्ग परेर, सरर, सरर, सरर
भिजे नि आज रङ्गरङ्गैले नयाँ लुगा र चोली
थरीथरीका रङ्ग मिले जस्तै मिलाऊँ है हाम्रो बोली
लौ, आयो रे, आयो रे, आयो रे, होली, होली
होली, होली
होली, होली
होली, होली