Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mero Solta
Laure; Gunace
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ऊ गाउँको एउटा सोझो थियो
घरमा ऋणको बोझ जो थियो
हिड्यो केटो, लाहुरे देखाउन
समर्पित भै लक्ष्य लियो
मनमा कैयौं सपना बुन्दै
ऊ संघर्ष काे बाटो मा हिड्दै
रम्ने उमेरमा संसार चिन्दै
दुःख कुल्ची, बेथा उछिन्दै
उसको काधमा परिवार काे आश
असफलताको थियो त्रास
तर मर्दको छोरोको आत्मा विश्वास
जुटाउन थियो ग्यास, बास, कपास
उसले चलेको पाइला लाई
पछाउँदै कान्छो, माइला भाई
सच्यौदै हरेक गल्ती लाई
भर्नु छ खाली खल्ती लाई
एकोहोरो उसको कोशिस, साथमा
परिवार काे आशिष हातमा
मेहेनत काे ठेला
उसको कलिलो हत्केला
घिश्चा मलिलो माटोमा
हिड्दै पुर्खा काे बाटोमा
ऊ हरदम हरपल लम्किदैथियो
चट्याङ सरी चमकिदैथियो
मनको चाहना मारी
ऊ भाग्य काे ज्वालामा दनकिदैथियो
थककै, हरेशले थन्किँदै
तर जोश, जगरले रंकिदैथियो
उसको हर कदम थियो अधिक
लक्ष्य लाई तान्यो जसले नजिक
पल्टन घर सँग लाग्यो मित
हजारौं हार छेक्ने
आउटै जीत
छु म आज, सोल्टा तेरो वियोगमा
सोचिराछु, त पुगिस् काहाँ, कुन लोक मा
जानु छ, लानु छ, आज तेरो चाहना
लड्दैछु, म बढ्दै छु, पूरा गर्छु सपना
आज ऊ नौलो ठाउँमा छ
सुनौलो जीवन दाउँमा छ
खियाउँछ शरीर माटोमा
मन त उसको त्यही गाउँमा छ
सम्झन्छ उकाली, ओराली
हरियाली वन, अनि देउराली मा वस्तु, भाउ हरु चराको
खोज्दैछ अतीत जुन हराको
खोज्ने क्रममा, फस्छ भ्रममा
समय वित्छ, पस्छ जंगमा
आतिन्छ ऊ, पर्छ दङ्ग
लड़ाई भूमि काे देख्दा रङ्ग
अगी बढ्छ ऊ साहसको सँग, खुम्चिन्छ मुटु, काप्छ अङ्ग
कहलग्दो रातमा, बन्दुक हातमा
चल्छ कदम, बहादुर औकात मा
घेरमा पर्छ ऊ दुस्मनको
लुकाउँछ डार, आफ्नो मनको
फुकाउँछ रिस, राग अनि रङको
त्यो स्थिति अब उसलाई हजाम भो
खुकुरी चल्छ सर्ब प्रथम
छिनाउँछ दुस्मनको गर्धन
नाग्दै जान्छ बाधा अर्चन
सत्रु काे रगत, देश लाई अर्पण
उसलाई अत्तोपत्तो छैन, के छ यो जीवन रेखामा
अगी बढ्छ, बरु मर्छ गोर्खाली पन छ यो केटामा
निष्ठुरी भाग्य एक्कासी पर्छ, विस्फोटन काे चपेटामा
बाँकी सास ऊ केलाउँदै छ
बिस्तारै शरीर सेलाउँदैछ
छु म आज, सोल्टा तेरो वियोगमा
सोचिराछु, त पुगिस् काहाँ, कुन लोक मा
जानु छ, लानु छ, आज तेरो चाहना
लाड्दैछु, म बढ्दै छु, पूरा गर्छु सपना
अधुरो रह्यो उसको रहर
सझौनु थियो उसलाई घर
हुलाकी बोकी आयो खबर
रुवाबासी काे छायो लहर
आमाको आँखा भिजायौ
बाबाको सपना बिगारेऊ
आशीर्वाद तिमीलाई दिने हात
दागबत्ती बाली दीर्घायु
बोलाउँदै उसको तस्बिर हेरी, बोलाउँदै छिन् छोरा लाई फेरि
आमा तिमी न आत्तिनु, ऊ संसार छोडी गइसक्यो
हिजो सम्म ऊ हाम्रै थियो, आज दैवको भइसक्यो
उसको त्यो काम, उसको शान
युवा योद्धाको बलिदान
सदा बाहर रहन्छ महान अमर बन्ने छ उसको ज्यान
उदाउँदा सूर्य हरेक बिहान, तिम्रै कमी महसुस हुन्छ
तिम्रो मुहार काे याद आउँदा, नेपाली मान हरदिन रुन्छ
तिमी फर्की आउ मेरो सोल्टी, यो देशलाई तिम्रो खाँचो छ
तिमी बिना देशको माटो, मारभुमी जस्तै बाझो छ
इतिहास काे आकाश काे तारा, बनी चमकै धर्ती सारा
उदहारण तिम्रो नाम छ
उठाउँछु हात तर काम्छ
त्यही पनि मेरो सोल्टा तिमीलाई
हृदय देखि नै सलाम छ
छु म आज, सोल्टा तेरो वियोगमा
सोचिराछु, त पुगिस् काहाँ, कुन लोक मा
जानु छ, लानु छ, आज तेरो चाहना
लाड्दैछु, मा बढ्दै छु, पूरा गर्छु सपना
सपना