Skip to content

Aljhechha Kyare Pachhauri

Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा आउँछे कि चेली भनेर आमा दोबाटो धाए थी आउँछे कि चेली भनेर आमा दोबाटो धाए थी तीजमा पनि बिर्सेछ क्यारे गरिब माइती सल्लाझैँ आमा सुसाइ रहिन् सल्लाझैँ आमा सुसाइ रहिन् एक्लै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा छोरीलाई आशिष हाल्न पाइनँ अन्तिमकालैमा छोरीलाई आशिष हाल्न पाइनँ अन्तिमकालैमा भन्थे नि बाबा आँसु नै झारी टीकाको थालीमा त्यही आँसु टीका पठाइदिऊँ कि त्यही आँसु टीका पठाइदिऊँ कि, प्रवासको पातमा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा भन्थे नि दाइले भाइटीकामा बहिनी फर्केला भन्थे नि दाइले भाइटीकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला दिनभरि काग कराइरह्यो दिनभरि काग कराइरह्यो, बेलको ठुटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा