Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mayalu
Trishala Gurung
,
Swoopna Suman
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मनले नै मनको कुरा
सुनेर नै होला नि आज
तानिँदै छन् मेरा यी पाइलाहरू
तिमीतिरै आजको साँझ
मायालु, मायालु
मायालु, मायालु
आँखाले आँखाको इशारा
बुझेर नै होला नि आज
हाँसिदिए मेरा यी ओठहरू
तिमी सामु मानेर लाज
मायालु, मायालु
मायालु, मायालु
रे-ग-ग-ग, रे-ग-ग-ग, म-ग
ग-म-प-प, म-ग, म-नि-ध-प
सा, नि, ध, प, म-ग-रे-प
तिम्रो मनको बगैँचामा
मेरो मनको भमरा बनी
डुलूँ-डुलूँ लाग्छ किन?
तिम्रो घरको बाटो हेरी
आफू बस्ने बसाइँ त्यहीँ
सारूँ-सारूँ लाग्छ किन?
ओ, तिम्रो जे छ हाल त्यहाँ, मेरो पनि यस्तै, हेर न
ओ, अँगालोमा लुकाई मलाई टाढा कहीँ उडाई लग न
ना, थाम्नै नसकिने मायाको भेल यो कस्तो?
तिमीमै हराई संसारलाई भुलिदिऊँ जस्तो, ooh
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मनले नै मनको कुरा
हो, आँखाले आँखाको इशारा
ला, तानिँदै छन् मेरा यी पाइलाहरू
हाँसिदिए मेरा यी ओठ
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु
मायालु, मायालु