Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kaha Ma Jaau
Swoopna Suman
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बुझ्दिन तिम्रो कुरा म
सुन्दिन तिम्रो आवाज
एकै छिन तिमी हुन्छौ नजिक
एकै छिनमै फेरि टाढा
Hmm, हेर्न चाहन्छु मुहार तिम्रो तर
आँसुले छेके आँखा
छातीमै तिमी सजाई हिँड्दा
फेर्नै गाह्रो भो सास मलाई
मस्तिष्कले भन्छ
तिमी मेरो लागि एउटा रोग हौ
तर यो मनले भन्छ
तिमी नै मेरो सबथोक हौ
कहाँ म जाऊँ आज?
कसको कुरा सुनूँ आज?
कहाँ म जाऊँ आज?
कसको कुरा सुनूँ आज?
Yeah, आगो हो यो, पोल्छ थाहा छ
म ठीक छुइन मनस्थिति जहाँ छ
किन यो सम्बन्ध टिकिराछ?
मनमा काँडाहरू बिझिराछ
तै नि बिर्सन चाहन्न मलाई चुम्ने ओठहरू
तर धेरै भयो चोटहरू
आज हो कि भोलि चुट्ने प्रेमको डोरी?
नजुरेको जोडी जोड्यौ कयौँ चोटि
जहिले ठान्थेँ आफैलाई दोषी
मेरो आफ्नै कमजोरी पो हो कि?
अहिले सबै कुरा भो बेकार
भोग्थेँ अत्याचार, खोस्थिस् अधिकार
छोड्छु सोच्थेँ तँलाई, सोच्थेँ परिवार
निभाउन सकेनौँ हामीले कसम
माया गर्छु मलाई, अब त नभन्
आँसुका नदीमा कसरी हाँसौँ?
बिझाउने प्रेम मुटुमा नसजाऔँ
हामी बिचको आगोले छ हाम्रै मुटु जलाइराको
टुटिसक्यो हाम्रो प्रेमको गाँठो
मान या नमान यो हो साँचो
अन्त्य हेर्दै छु आफ्नै आँखाले हाम्रो
बाटो नछेक मेरो
कि जाऊ कि जान देऊ
बाटो नछेक मेरो
कि जाऊ कि जान देऊ
मन त फेरि मनै त हो
भन्छ कि छुट्टिसकेको यो हात फेरि थामिदेऊ
मस्तिष्कले भन्छ
तिमी मेरो लागि एउटा रोग हौ
तर यो मनले भन्छ
तिमी नै मेरो सबथोक हौ
कहाँ म जाऊँ आज?
कसको कुरा सुनूँ आज?
कहाँ म जाऊँ आज?
कसको कुरा सुनूँ आज?
Hm, hm, hm, mmm, hm, mmm
Hm, hm, hm, mmm, hm, mmm