Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bihani Kiran
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बिहानी किरणसँगै सम्झनाले मुटुभरि आस जागिदिन्छ
नयाँ उत्साह, नयाँ उमङ्गले सुन्दर सपना सिर्जिदिन्छ
हावाले छोइदिँदा मेरो मन, बर्सातले चुमिदिँदा यो तन
तिम्रै सम्झनाले बोलाउँछ, तिम्रै मायाले मलाई डोऱ्याउँछ
बिहानी किरणसँगै सम्झनाले मुटुभरि आस जागिदिन्छ
एक्लै बस्दा शून्यतामा बतासले जिस्काउँछ
कल्पनामा आफै डुबिदिँदा नदीनाला सुसाइदिन्छ
बतासको जिस्काइमा, नदीनालाको सुसाइमा
तिम्रो छाया देख्छु मनभरि, तिम्रै माया पाउँछु झलझली
बिहानी किरणसँगै सम्झनाले मुटुभरि आस जागिदिन्छ