Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kalo Keshma Reli Mai
Dinesh Dhakal
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कालो केशमा, रेलिमै, बाँधेको रिबन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
कालो केशमा, रेलिमै, बाँधेको रिबन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
असनैको रातो सारी, चारपाङ्ग्रे गाडी
असनैको रातो सारी, चारपाङ्ग्रे गाडी
किनिदिउँला सुनको चुरा बरु रिनै काडी
आहै! बरु रिनै काडी
गाईलाई गोठ, रेलिमै, घोडालाई तबेला
जाला जोबन, रेलिमै, नगर अबेला
चमेलीको तेल, माया, बम्बई जाने रेल
चमेलीको तेल, माया, बम्बई जाने रेल
कहिले हाँसो, कहिले आँसु पिरतीको खेल
आहै! पिरतीको खेल
कालो कौवा, रेलिमै, पिपलु हाँगैमा
झ्याइँ पारूँला, रेलिमै, यही मंसिर, माघैमा
पल्टनको तोप-गोला, मरिजाने चोला
पल्टनको तोप-गोला, मरिजाने चोला
आजै लगाऊँ मायापिरम, भोलि के के होला
आहै! भोलि के के होला
काठको ठेकी, रेलिमै, काठैको मदानी
केलाई भाग्छ्यौ, रेलिमै, जोबनै लिँदा नि?
कालो केशमा, रेलिमै, बाँधेको रिबन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन
तिमीलाई हेर्दै, रेलिमै, बिताउँला जीवन