Skip to content

Kaalpanik Fulbaari

Sajen Shrestha
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

दुई पलको माया, सय मिलको दुरी प्रकट हुने मेरो सामु, खै कुन रुपमा फेरि? खोज्नु थियो जगत सारा, कम्बल मुनि लुकि काल्पनिक हाम्रो माया, खेरै जाने पो हो कि? हृदयको लयमा छ प्रिय केवल भय रोप्दै छु म बियाँ मायाको एकछिन धैर्य राख है? मायाको फूलबारीबाट फूल म टिपी आउँछु है तिम्रो सामु नजानु है कतै मनका भय सारा सधैंभरी म गुनगुनाई बसेको छु है माया बिर्सी नजानु है? हे मेरो मनको रानी! तिम्रो ओठ टोक्ने त्यो बानी सम्झिबस्छु रातभरि, सिरानीलाई अगाँलोमा गासिँ के गर्नु अब थाहै भएन, कटाँउ कसरी यो रात? सपनीमै भएनि समाई देउ न मेरो हात हृदयको लयमा छ प्रिय केवल भय रोप्दै छु म बियाँ मायाको एकछिन धैर्य राख है? मायाको फूलबारीबाट फूल म टिपी आउँछु है तिम्रो सामु नजानु है कतै मनका भय सारा सधैंभरी म गुनगुनाई बसेको छु है माया बिर्सी नजानु है?