Hijo Rati Sapani Ma
Kunti Moktan
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
हा हा हा हा हा
हिजै राती तिमीलाई देखे सपनीमा
ए हिजै राती तिमीलाई देखे सपनीमा
कस्तो सन्जोग कस्तो सन्जोग
भेट भयो आजै विपनीमा
धरोधर्म ढाँटेको छैन मैले
तिम्रै कसम खाएँ
भेट्नै भनि नौ डाँडा काटेर
म आएँ सुन मायालु
भेट्नै भनि नौ डाँडा काटेर
म आएँ सुन मायालु
नाचौँ गाऔँ हाँसखेल गरौँ
भेट भाको रमाइलो दिनमा
दुई दिनको हो नि यो जिन्दगानी
लाउँ माया यसैपालामा
नाचौँ गाऔँ हाँसखेल गरौँ
भेट भाको रमाइलो दिनमा
दुई दिनको हो नि यो जिन्दगानी
लाउँ माया यसैपालामा
दुई दिनको हो नि यो जिन्दगानी
लाउँ माया यसैपालामा
लौ माया साटौँ कि डाँडै काटौँ
नदेखोस् इर्ष्यालु आँखाले
कि मरि जाऊँला कि गरी खाऊँला
भन्छ यो मनको भाषाले
कि मरि जाऊँला कि गरी खाऊँला
भन्छ यो मनको भाषाले
कि मरि जाऊँला कि गरी खाऊँला
भन्छ यो मनको भाषाले
हा हा हा हा हा
पश्चिमेली देखेँ मैले पूर्वेली नि देखेँ
ए पश्चिमेली देखेँ मैले पूर्वेली नि देखेँ
मनले खाको मनले खाको
ज्यान पनि भाको यही ठाउँमा भेटेँ
धरोधर्म ढाँटेको भए हजुर मै मरीजाऊँला
यो जुनी मात्रै हैन जुनीजुनी आऊँला
सुन मायालु
यो जुनी मात्रै हैन जुनीजुनी आऊँला
सुन मायालु
ख्याल ख्यालैमा बस्यो है माया
यो मेरो कलेजी छेवैमा
झन् टाढा जान्छु झन् माया लाग्छ
बसौँ है माया छेवैमा
ख्याल ख्यालैमा बस्यो है माया
यो मेरो कलेजी छेवैमा
झन् टाढा जान्छु झन् माया लाग्छ
बसौँ है माया छेवैमा
झन् टाढा जान्छु झन् माया लाग्छ
बसौँ है माया छेवैमा
आजलाई छुट्टिने भइगयो बेला
झल्को यो तस्बिरले मेटाउँला
नमरी बाँचे पिरती साँचे
मायालाई फेरि भेटौँला
नमरी बाँचे पिरती साँचे
मायालाई फेरि भेटौँला
नमरी बाँचे पिरती साँचे
मायालाई फेरि भेटौँला
नमरी बाँचे पिरती साँचे
मायालाई फेरि भेटौँला
नमरी बाँचे पिरती साँचे
मायालाई फेरि भेटौँला
नमरी बाँचे पिरती साँचे
मायालाई फेरि भेटौँला
नमरी बाँचे पिरती साँचे
मायालाई फेरि भेटौँला