Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tal Tal Talkine
Rajesh Payal Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
टलटल टल्किने
ढलढल ढल्किने
टलटल टल्किने
ढलढल ढल्किने
शिरमा तिम्रो शिरटोपी, लैलै
बाँचे तिम्रै साथमा, लैलै
मरे तिम्रै काखमा, लैलै
माया गर्छु लुङा हजुरलाई
टलटल टल्किने
ढलढल ढल्किने
शिरमा तिम्रो शिरफूल, लैलै
हाँसे तिम्रै साथमा, लैलै
रोए तिम्रै काखमा, लैलै
माया गर्छु लुङा हजुरलाई
हो-होइ
ताङ्घिन्-नाक्धिन्, ताङ्घिन्-नाक्धिन्, ताङ्घिन्-नाक्धिन्
ठोक्, ठोक्, ठोक्
ताङ्घिन्-नाक्धिन् मादल बज्यो
छम्म-छम्म झुमी नाच्यो
मयुरको चालमा, फेवा तालमा
तिरिरी बाँसुरी बज्यो
छम्म-छम्म झुमी नाच्यो
डाँफेको चालमा, रारा तालमा
आ, हा, हा-हा-हा
छिन-छिनमै अल्झिने
छिन-छिनमै बल्झिने
तिम्रा मीठा यादहरू, लैलै
बसे तिम्रै काखमा, लैलै
उठे तिम्रै साथमा, लैलै
माया गर्छु लुङा हजुरलाई
छिन-छिनमै सताउने
छिन-छिनमै मताउने
तिम्रा मीठा बातहरू, लैलै
जीवनको के भर? लैलै
मरी लानु के छ र? लैलै
माया गर्छु लुङा हजुरलाई
हो-होइ
डमडम, डम्डम्, डमडम, डम्डम्
डमडम, डम्डम्, डम्डम्डम्
डमडम, डम्डम् मादल बज्यो
छम्म-छम्म झुमी नाच्यो
शिवजीको चालमा, बेगनास तालमा
डमडम, डम्डम् डम्फू बज्यो
छम्म-छम्म झुमी नाच्यो
पार्वतीको चालमा, रुपा तालमा
आ, हा-हा-हा
झन्-झन् गढ्दै गो
झन्-झन् बढ्दै गो
मनमा तिम्रो तिम्रो तिर्सना, लैलै
नमेटिने पानीले, लैलै
नलेखिने पानीमा, लैलै
माया गर्छु लुङा हजुरलाई
पलपल सर्दै गो
पलपल छेउ पर्दै गो
तिम्रो मीठो मुस्कान, लैलै
नसक्ने भो बिर्सन, लैलै
तिम्रो मीठो तिर्सना, लैलै
माया गर्छु लुङा हजुरलाई
हो-होइ
ताङ्घिन्-नाक्धिन्, ताङ्घिन्-नाक्धिन्, ताङ्घिन्-नाक्धिन्
ठोक्, ठोक्, ठोक्
ताङ्घिन्-नाक्धिन् मादल बज्यो
छम्म-छम्म झुमी नाच्यो
मयुरको चालमा, फेवा तालमा
तिरिरी बाँसुरी बज्यो
छम्म-छम्म झुमी नाच्यो
डाँफेको चालमा, रारा तालमा
डमडम, डम्डम् मादल बज्यो
छम्म-छम्म झुमी नाच्यो
शिवजीको चालमा, बेगनास तालमा
डमडम, डम्डम् डम्फू बज्यो
छम्म-छम्म झुमी नाच्यो
पार्वतीको चालमा, रुपा तालमा
मयुरको चालमा, फेवा तालमा
डाँफेको चालमा, रारा तालमा
शिवजीको चालमा, बेगनास तालमा
पार्वतीको चालमा, रुपा तालमा