Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timro Yaad
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिम्रो याद आइरहेछ
स्पर्श तिम्रो पाइरहेछु
तिम्रो याद आइरहेछ
स्पर्श तिम्रो पाइरहेछु
बितेका ती भावनाहरू कसरी म पोखूँ?
पग्लिने ती आँसुहरू कसरी म रोकूँ?
तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ, ओ
आशामाथि आस थप्दै चलिरहेछ यहाँ जीवन
ओ, आशामाथि आस थप्दै चलिरहेछ यहाँ जीवन
मृगतृष्णा झैँ शून्यताको जालमा परेछ जीवन
तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ (मेरै छ), ओ
जागिरहुँला अब म झलमल घामको आसमा
ओ, जागिरहुँला अब म झलमल घामको आसमा
बाँचिरहुँला अब म निर्मल आँसुको साथमा
तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ
हो, तिम्रो याद आइरहेछ
स्पर्श तिम्रो पाइरहेछु