Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Gharma Paral
Samjhana Lamichhane Magar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?

हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्-
ओए, के छ त नि सन्चो र बिसन्चो?
छुट्टी मान्न आको हामी परदेशी दुवै
छुट्टी मान्न आको हामी परदेशी दुवै
रोधीघर र मायालुको झल्को आउँछ खुबै
घरमा पराल
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्-
ओ, के छ त नि सन्चो र बिसन्चो?
कठै बरा, सम्झिनुभो परदेशको ठाउँमा
कठै बरा, सम्झिनुभो परदेशको ठाउँमा
धन्यवाद छ, फर्किनुभो जन्मिएको गाउँमा
घरमा पराल
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्-
ओए, के छ त नि सन्चो र बिसन्चो?
अन्तभन्दा रमाइलो छ वनचरीलाई वनमा
अन्तभन्दा रमाइलो छ वनचरीलाई वनमा
आँखाभरि गाउँघर, मायालु थ्यो मनमा
घरमा पराल
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्-
ओए, के छ त नि सन्चो र बिसन्चो?
हजुरको झझल्कोले यो मन सधैँ रुनी
हजुरको झझल्कोले यो मन सधैँ रुनी
हामीलाई नि त्यस्तै हुन्थ्यो, भन्न पो नहुनी
घरमा पराल
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्-
ओए, के छ त नि सन्चो र बिसन्चो?
हाँसीहाँसी काटी आएँ सातसमुन्द्रगङ्गा
हाँसीहाँसी काटी आएँ सातसमुन्द्रगङ्गा
यो मुटुको ढुकढुकीलाई भेट्दा मन भो चङ्गा
घरमा पराल
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्-
ओए, के छ त नि सन्चो र बिसन्चो?
देखेपछि आशा लाग्ने उडिआको जेट
देखेपछि आशा लाग्ने उडिआको जेट
कहिलेकाहीँ त यस्तो लाग्थ्यो, हुन्न कि त भेट
घरमा पराल
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो?
हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्-
ओए, के छ त नि सन्चो र बिसन्चो?
नेपाल आए कपालसँगै, बर्मा गए कर्म
नेपाल आए कपालसँगै, बर्मा गए कर्म
परदेशको नि रहर पुग्यो, बस्छु गाउँघरमा
यस्तै रैछ
यस्तै रैछ दुःख र जेलो, जहाँ गए नि छैन मुख उजेलो

हो नि साँच्चै दुःख र जेलो, जहाँ गए नि छैन मुख उजे-
ओ, जहाँ गए नि छैन मुख उजेलो
पहाडको कोदोमकै, तराईको धान
पहाडको कोदोमकै, तराईको धान
आफ्नो जस्तो हुन्न कहिल्यै पराइको मन
दुःखसुख
दुःखसुख गरेर बाँचौँला, मिलीजुली रोधीमा नाचौँला

हो नि साँच्चै गरेर बाँचौँला, मिलीजुली रोधीमा नाच-
हो, मिलीजुली रोधीमा नाचौँला