Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ma Gauchhu
Ekdev Limbu
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
लड्दै छु म तिम्रो मायामा
डुब्दै छु तिम्रो संसारमा
हराउँछ मन यो साथमा
रम्न देऊ अँगालोमा
म के गरूँ? म के भनूँ?
म के सम्झूँ? म के बुझाऊँ?
तिमी नै भनिदेऊ मलाई
आत्तिन्छ मन, डराउँछु झन्
किन होला यस्तो मलाई?
तिमी नै भनिदेऊ आज
म गाउँछु, म झुम्छु
म गाउँछु, म झुम्छु
फुर्तिलोपन छ, जोसमै रहन्छ
"बतासको वेगमा उडौँ" भन्छ
यो सहर, कहिले त्यो सहर
तिम्रो साथमा थपिन्छन् मनमा रहर
बादलको सतहमा जाने हो कि सागरको छालमा रुझ्ने हो?
गोधूलि साँझमा डुब्ने हो कि मीठो सपना चोर्ने हो?
तिम्रो, उसको, मेरो, सबको जिन्दगीको एउटै बाटो
त्यसैले किन, कहिले, कसरी नसोची यही नै भन्छु म
यही नै हो हाम्रो जिन्दगी
यही नै हो हाम्रो बिहानी
देख्छु कि संसार आफैमा
पाए तिम्रो साथ मेरो मुटुमा
यही नै हो हाम्रो जिन्दगी
यही नै हो हाम्रो बिहानी
देख्छु कि संसार आफैमा
पाए तिम्रो साथ मेरो मुटुमा
म के गरूँ? म के भनूँ?
म के सम्झूँ? म के बुझाऊँ?
तिमी नै भनिदेऊ मलाई
आत्तिन्छ मन, डराउँछु झन्
किन होला यस्तो मलाई?
तिमी नै भनिदेऊ आज
म गाउँछु, म झुम्छु
म गाउँछु, म झुम्छु
उड्दै छु म आकाशमाथि
छुँदै छु म बादल जति
फालिसकेँ मैले मनको भारी
जितिसकेँ लाग्छ संसार पनि
Y'all know I'll be on a leave
First, we live it right, we live it free
Like no afterlife, spread your wings and take the flight
No one to hate you, so break the rules
So bring your house down
Burn the roof, shout out to my family
From Kusunti to Kathmandu
And what we do is make a noise and
म के गरूँ? म के भनूँ? (Ride for cruisin')
म के सम्झूँ? म के बुझाऊँ?
तिमी नै भनिदेऊ मलाई
आत्तिन्छ मन, डराउँछु झन्
किन होला यस्तो मलाई?
तिमी नै भनिदेऊ आज
म गाउँछु, म झुम्छु
म गाउँछु, म झुम्छु
म गाउँछु, म झुम्छु
म गाउँछु, म झुम्छु