Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Janna Dinuhos
Adrian Dewan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जान्न दिनुहोस् आफ्नो हृदयमा के छ, येशू
म त तपाईँको सल्लाहबिना अलमलिन्छु
जान्न दिनुहोस् आफ्नो हृदयमा के छ, येशू
म त तपाईँको सल्लाहबिना अलमलिन्छु
हराउन नदिनुहोस् मलाई संसारको जञ्जालमा
आउनुहोस् मेरो नजिक, प्रभु, बोल्नुहोस् न मसँग
सुन्न दिनुहोस् मधुर आवाजलाई, हे येशू
म त तपाईँको हरेक वचनले बाँचेको छु
सुन्न दिनुहोस् मधुर आवाजलाई, हे येशू
म त तपाईँको हरेक वचनले बाँचेको छु
दबाउन खोज्छ मलाई यहाँ अनेक बोझहरूले
दिनुहोस् विजय ती सबमाथि, भर्नुहोस् न शक्तिले
आज्ञाकारिताको बाटोमा हिँड्न म चाहन्छु
सांसारिक अभिलाषाहरूलाई त्याग्न म चाहन्छु
आज्ञाकारिताको बाटोमा हिँड्न म चाहन्छु
सांसारिक अभिलाषाहरूलाई त्याग्न म चाहन्छु
आत्माले डोर्याएको जीवन जिउन म चाहन्छु
लडाउन खोज्छ मलाई बाधा र परीक्षाहरूले
लड्नुहोस् मेरो निम्ति, प्रभु, निश्चय जित्नेछु मैले
जान्न दिनुहोस् आफ्नो हृदयमा के छ, येशू