Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dherai Chot
Aruna Lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
धेरै चोट दिएपछि अब फेरि सोध्छौ
"तिम्रा आँखाहरू किन टलपलाए?"
सबै बदलिएपछि फेरि किन सोध्छौ?
सबै बदलिएपछि फेरि किन सोध्छौ?
"तिम्रा पाइलाहरू किन लडखडाए?"
धेरै चोट दिएपछि...
तिमीलाई के थाहा, तिम्रो सोधाइले
मेरो मनमा कस्तो चोट पुग्छ भनी
तिमीलाई के थाहा, तिम्रो सोधाइले
मेरो मनमा कस्तो चोट पुग्छ भनी
तिमीलाई त केवल यति थाहा छ
चोट सहने बानी परेको छ भनी
धेरै चोट दिएपछि अब फेरि सोध्छौ
"तिम्रा आँखाहरू किन टलपलाए?"
धेरै चोट दिएपछि...
पतझरको फूललाई अब किन सोध्छौ?
"खोइ, हरियाली मधुमास कहाँ छ?"
पतझरको फूललाई अब किन सोध्छौ?
"खोइ, हरियाली मधुमास कहाँ छ?"
नदी नपुग्दै बिचमा सुकेको खहरेलाई सोध्छौ
"पानी कहाँ छ?"
धेरै चोट दिएपछि अब फेरि सोध्छौ
"तिम्रा आँखाहरू किन टलपलाए?"
धेरै चोट दिएपछि...