Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mughlan
Bipul Chettri
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कसलाई म के भन्ने?
कसले के बुझ्ने?
कसले के गर्ने?
जिउन यहाँ गाह्रो भो, काम गरिखान यहाँ साह्रो भो
जिउन यहाँ गाह्रो भो, काम गरिखान यहाँ साह्रो भो
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
आहै, काम गरिखान साह्रो भो
आफ्नो देश छाडेर लागेछु म है विदेशतिर
आफ्नो देश छाडेर लागेछु म है परदेशतिर
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
आहै, म लागेँ विदेशतिर, लहै
नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा गाउँघर छाडेर
(पस्यो कान्छा)
नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा गाउँघर छाडेर
(पस्यो कान्छा)
नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा गाउँघर छाडेर
(पस्यो कान्छा)
विदेश त गए नि आफ्नै ठाउँ भने आफ्नै रैछ नि
जे-जति नै भए नि आफ्नै ठाउँ भने आफ्नै रैछ नि
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
आहै, आफ्नै ठाउँ आफ्नै रैछ नि
फर्कन त मन लाग्छ, देशको हाल सोची डर लाग्छ
फर्कन त मन लाग्छ, फर्की के गरूँ भनी डर लाग्छ
कस्तो यो कर्म मेरो?
भाग्य रैछ यस्तै हाम्रो
आहै, के गरूँ भनी डर लाग्छ
यस्तै छ यो कथा, कान्छा दाइको व्यथा
जुनी-जुनीदेखि यस्तै नै अवस्था
यस्तै छ यो कथा (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा)
कान्छा दाइको व्यथा (गाउँघर छाडेर)
जुनी-जुनीदेखि (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा)
यस्तै नै अवस्था (गाउँघर छाडेर)
यस्तै छ यो कथा (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा)
कान्छा दाइको व्यथा (गाउँघर छाडेर)
जुनी-जुनीदेखि (नौ डाँडा काटेर मुग्लानमा पस्यो कान्छा)
यस्तै नै अवस्था (गाउँघर छाडेर, पस्यो कान्छा)