Skip to content

Aattinchey - Yabesh Thapa, VEK & Bizen - DJ Bishow

4R Lyrics ♪
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही तिमीलाई छैन थाहा के हुन्छ भनेर यो मेरो मुटुलाई मलाई अधुरो बनाई नजाउन तिमी त्यो क्षितिज पारी जब तिमी छैनौ मेरो सामु हुन्छ यो मन भारी अब नछोड यी हात फसाई मलाई तिम्रो माया-माया जालैमा माया-माया जालैमा, लठै परे तिम्रो त्यो मोहनीको यो मातैमा माया-माया जालैमा, माया-माया जालैमा लठै परे तिम्रो त्यो मोहनीको यो मातैमा जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही You know who's back again कान्छी गर्न थाली मन परी हर घडी कता दुख्छ भनि सोच्छु भन्छु मुटु भरी आतङ्क मच्चाउन सिपालु, हेराई छ बिसालु, मन भाछ बेकाबु मायालु ठिटो बोकी मिठो बोली गीत कोरी भईराछ तेजाबु, तिम्रो म भिनाजु तिम्रो साथीको साथीलाई भनिदिनु हेर अब म त यता छु सयौँ प्रश्न मेरो थरी-थरी वरीपरी कता गइन् भनि खोज्छु उनलाई घरी-घरी झलक उनको पाउन बाँचीराछु मरी-मरी लाखौँ हजारौँमा एक टन्नै परी सरी अघि जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही ए सानी बनाएर राख्छु तिम्लाई मेरी रानी मायामा भिजेर गर्यौ न कुराकानी किन डराउँछौ? रात अझै छँदै छ नी एक इसारा देऊ अनि तिमी एक पाईला अगि सार म पनि सार्छु तिम्रो हात समाउँछु आकाशमा घुमाउछु तिम्लाई काधमा चाढाउँदिन तर तिम्रो मुटुलाई मेरो आँखा भित्रै सजाउँछु तिमी मेरो र म तिम्रो, एई आज भोलि सधैँभरी आई दिन र रात खाँचो तिम्रै मलाई तिमी मेरो र म तिम्रो, एई हाँसी खुसी बाँचौला एसै बाचा कहिले नछोडौ एकअर्का लाई जब कान्छी आत्तिन्छे, बिनासित्तीकै मात्तिन्छे तब मेरी सानी कम्मर हल्लाई मेरो लागि नाच्दिन्छे तब मेरो ओठले तिम्रो ओठलाई खोजिराको हुन्छ, तिम्लाई छैन थाही