Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timilai Samjhera
Lov X, Bigyani Parajuli
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जब शब्द कोर्छु मैले मध्य रातमा
तब अन्तरात्मा मेरो थर्किन्छ
बाघ बनेर सोच छलांग हान्छ
मन छाल बनेर नै बग्दिन्छ
जानै छ नि टाढा बाटैभरि काँढा
जाल बनेर प्रेम ढड्किन्छ
आसै छैन भने कहाँ जाउँ
दुरी हुरी बनेर नै सकिन्छ
तिमीलाई सम्झेर रोयो मन
के गरी फकाउँ म?
जिउँदै जले छ खुसी पनि
कसरी सम्भाउँ म?
तिमीलाई सम्झेर रोयो मन
के गरी फकाउँ म?
जिउँदै जले छ खुसी पनि
कसरी सम्भाउँ म?
न कर्म गरे मन सङ्घर्षमा
केही अर्थ देखिन जिउदा उ बिना
लाग्छ समय थोरै घात गर्यो
न ढल्न सक्छु न उभिन
कराइरहे सधैँ कपाल लुछि रात भरि
मनभरि पिर कहाँ भाग्थ्यो त
हराईरहे आकाशमा ताराहरूको झुण्ड देखि
नक्षत्रमै मेरो दाग थ्यो र
तिमीलाई सम्झेर रोयो मन
के गरी फकाउँ म?
जिउँदै जले छ खुसी पनि
कसरी सम्भाउँ म?
तिमीलाई सम्झेर रोयो मन
के गरी फकाउँ म?
जिउँदै जले छ खुसी पनि
कसरी सम्भाउँ म?