Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kohi
Yama Buddha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
उ तड्पिदै छिन्, आज अस्तित्व बिहिन
मानसिक तनावले भरिएर मस्तिस्क हिन
लड्दै छिन् उनको नव शिसुको भविष्यलाइ
दानविय पुरुषलाई आफ्नो परमेश्वर बनाइ
मौन बस्छिन उनि आफैलाई जिउदै जलाई
समाजमा उसको परिवारको इज्जत राख्नलाई
हार रात मर्छिन उनी अर्को दिन बाच्नलाई
हास्छिन उनि पिडा ब्यथा मनमा लुकाइ
शारिरिक शोषण ले ओतप्रोत उनको जिन्दगि
आसु मात्रै पिएर कति भोकै सुत्छिन उनि
अशिक्षित र निर्दोष उ अलि भिन्न थिइ
उ एक घर गृहणी, एक आम नेपाली श्रीमती
अल्झिएको छ जीवन
मेरो यो दुनियाको दोबाटोमा
जिउन देउन मलाई
मेरो इच्छा र चाहना मा
मेरो इच्छा चक्र बल सान हो (सान हो)
प्रतिस्पर्धाको फल प्राण हो
ईमान यसको इज्जत छ यसलाई इज्जत गर
कोसिस गर्छन सबले म भन्छु प्रतिक्षा गर
म गाउछु जीवन नियत यो केटिको यो चेलीको
भनौ नारीको यस ममताको खानीको
त्यो निस्वार्थ माया गर्न सिकाउने बानिको
जन्म दिन सक्ने नया जीवन उर्जाकी रानीको
यसलाइ सदा शहर षडयन्त्र रच्दैछ
हत्याउन यसको घर शैतानको नियत पस्दैछ
भबिष्य यसको कस्तो छ, अशिक्षित रहे यहाँ इज्जत सस्तो सस्तो
Please be plus to care
यसको मन छ चंचल, हृदय बिशाल छ
गृहस्थी को लागि लक्ष्मी युद्धको लागि काल छ
र जीवन एउटा हातमा अर्को हातमा काल छ
यसको खुशीको निमित्त सफल यो संसार छ
अल्झिएको छ जीवन
मेरो यो दुनियाको दोबाटोमा
जिउन देउन मलाई
मेरो इच्छा र चाहना मा
अल्झिएको छ जीवन
मेरो यो दुनियाको दोबाटोमा
जिउन देउन मलाई
मेरो इच्छा र चाहना मा
उसको मन भित्र एउटा आगो छ, झन झनै बलि राको छ
उसलाई मात्रै आभास छ कति पिडा भाको छ
रुन चाहन्छ तर अनुहारमा उसको हासो छ
आसु त सुके सबै खाली खोक्रो आत्मा छ
भगवान हुन्छन रे तर शैतान उसको साथमा छ
Negative energy जुन हाम्रो समाज मा छ
हाम्रो संस्कार मा छ, हरेक जातपात मा छ
कति कुरा जुन ईज्जत र लाज मा छ
उ धिक्कार्दछ सदभाव र आदर्श
मानव सभ्यता र मर्यादा माथी हास्दछ
देखेर अन्धविश्वास र भोकको आस्थालाई
माग्दछ मानिस यहाँ ढुंगालाई हात फैलाई
सबै राम्रो होस् भनि आफु र आफ्नालाई
फेरी किन शत्रु हुन्छन यहाँ दाजु भाइ
कसरि बाच्न सक्छौ आफ्नै आमालाई रुवाई
यस्तै प्रश्न लिएर उ बस्दैछ टोलाइ