Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sath Sadhaiko
Neetesh Jung Kunwar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
Oh, whoa, oh
Alright, oh, ooh
ए केटा, थोपडा किन कुच्चाको?
किन एक्कासि गहिरो सोचमा पस्याछस्?
माथि कौसीमा मस्ती-मजा चालु छ
तर तँ किन बिस्कुटजस्तै ओस्याछस्?
अब आइदे न, ज्यादा भाउ नखाइदे न, ह-ह-ह
तँबिना कोइसँग मेरो कुरै मिल्दैन
अब ऱ्याक नहान् न
शब्द त धेरै छ यो मनमा, कसरी भन्नु भन् न
खै, मेरो कुरा कहिल्यै सुन्ने हैन तैँले
जहिले नि आफ्नै सुरमा हुन्छस्
खोइ, मेरो पीडा बुझ्छस् र तैँले
साला, केचाहिँ गर्नु मैले अब?
हेर्, यो घटना धेरै अगाडिको हो
धेरै बेर लगाएँ भन्न, अब अत्ति भो
केही गर्छु भनी घरमा हल्का पैसा मागेँ
टोल-गल्ली, मजा-मस्ती सबै मैले त्यागेँ
मुला, त्यही बेला शेयरको कुरा ल्यायो एउटा मोरोले
फाइदा आउने जोसमा सबै खनाइदियो छोरोले
कहाँबाट आउनु? त्यसका बाजे! सबै नाश
अब बौले मार्छ, आमा रुन्छे, जीवन मेरो सर्वनाश
(सर्वनाश)
सुन्, केटा, हालत तेरो नाजुक छ
अघि बढ्नलाई गल्तीले नै सिकाउँछ
अब नरो तँ, साथी तेरो जिउँदै छ
तेरो दुःखलाई आफ्नै सम्झी पिउँदै छ, हा-हा
अब आइदे न, ज्यादा भाउ नखाइदे न, ह-ह-ह
तँबिना कोइसँग मेरो कुरै मिल्दैन
अब ऱ्याक नहान् न
आज पनि, हेर् त, मेरो कुरा सुनी उडाइदिइस्
अब इस् भन्छु, मोरो, तँलाई, खानु छैन diss
म पीडित छु अहिले तर हार मान्ने हैन
त्यसले छाडी गई, त्यही पनि रुने बानी छैन
मेरो point चाहिँ के हो भनी सोध्छस् भने
तँ होस् हाउडे, हावा, डुकुलन्ठने
तैनि अघिदेखि बसी मेरो दुःख सुन्देकोमा
"Thanks" भन्छु, यार, तँलाई मलाई बुझ्देकोमा
अब जाम् हिँड् माथि खोजूँ नयाँ साथी हामी
भोलि बिर्सने हो के भयो आज राती
उमेरमा नगरे, नचढे, नलडे, गरिन्छ, मरिन्छ, बाँच्दिन डरले
अत्ति नै भो, के बन्छस् मेरो साथी, हँ?
कुनै दोष छैन हृदयको
हामी नरहे नि यो साथ सधैँको
यो साथ, साथ सधैँको
ओ, यो साथ, साथ सधैँको