Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timile Bhaneka
Shubha Shambhujeet
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तपाईँहरूको फर्माइसलाई म
सकभर पूरा गर्नेछु भनेर मैले अघि नै भनिसकेको छु
सुन्दै जाऊँ
तिमीले भनेका सारा देव छोएर...
तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर...
तारालाई साक्षी राखेर वाचा नै कहिले गरेथेँ?
पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ?
अनि बाध्यताको के कुरा? पाप-धर्मको के कुरा?
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ?
तिमीले भनेका सारा देव छोएर...
रातभर तिमी रोइदिँदा रोएथेँ म केहीबेर
केहीबेर तिमी हाँसिदिँदा हाँसेथेँ म धेरैबेर
अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा?
सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ?
तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर...