Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Shunya
Bartika Eam Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
शहर छ चिसो, झिलिमिली-झिलिमिली, हो
भीड छ लाखौँको, तर कोलाहलमा एक्लो तिमी हो
लियौ आफैले फैसला सकी-नसकी, सकी-नसकी
२५ साल पोका पार्यौ दुइटा झोलामा, हो
थपक्कै लतार्यौ आफ्नै साहस सकी-नसकी, सकी-नसकी
जुटायौ गल्तीहरू, टुटायौ सम्बन्ध
हुँदै छाै खोक्रो संसारसँगै, कस्तो मजाक यो!
दिनानुदिन अरू नै अनुहारमा आफूलाई खोजी हिँड्छौ, हो
गरेछाै आत्मा नामसारी जानी-नजानी, जानी-नजानी
निश्चल त्यो समय बगिसकेछ, फर्केर नआउने भयो
काँधमा बोकी दुनियाँको भार जानी-नजानी, जानी-नजानी
आज पनि तिमी अरूकै निम्ति भनी
मुटु होस् तिम्रो आकाशजत्रो, संसारै थाम्न सक
आँधीको बीचमा हाँस्न सक
खुशी, खुशी सधैँ बाँड्न सक
मुटु होस् तिम्रो आकाशजत्रो, संसारै थाम्न सक
आँधीको बीचमा हाँस्न सक
खुशी, खुशी सधैँ बाँड्न सक